जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • नेपाल लाइफ इन्स्योरेन्स अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

नेपाल लाइफ इन्स्योरेन्स अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी चौथो आइसिसी इमर्जिङ एसिया इन्स्योरेन्स कन्केल्भ तथा अवार्ड, २०२३ समारोहमा सम्मानित भएको छ । भारतको मुम्बईस्थित होटेल ताज ल्यान्ड्स इंड्समा आयोजित समारोहमा नेपाल लाइफ इन्स्योरेन्स ‘आउटस्ट्यान्डिङ पर्फर्मेन्स इन द लाइफ इन्स्योरेन्स इन्डस्ट्री अफ नेपाल’बाट सम्मानित भएको हो ।

बिहीबार सम्पन्न अवार्ड समारोह इन्डियन च्याम्बर अफ कमर्सद्वारा आयोजना गरिएको हो । कम्पनीद्वारा गरिएको दाबी भुक्तानीको अनुपात, चुक्तापुँजी, प्रथम बिमा शुल्क आर्जन र कम्पनीद्वारा प्रशिक्षणमा गरिएको लगानीजस्ता मापदण्डहरूलाई मूल्यांकन गर्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई यो सम्मान प्रदान गरिएको बताइएको छ ।

उक्त अन्तर्राष्ट्रिय सम्मान कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले ग्रहण गरेका थिए ।

उक्त चौथो आइसिसी इमर्जिङ एसिया इन्स्योरेन्स कन्केल्भ तथा अवार्ड, २०२३ पिडब्लुसी भारतको सहकार्यमा आयोजना गरिएको हो ।संसारमै लब्धप्रतिष्ठीत परामर्शदाता पीडब्लुसीले एसियामा उदीयमान इन्स्योरेन्स कम्पनीहरुको कार्यसम्पादन गर्ने प्रक्रियालाई समिक्षा गर्दै कम्पनीहरुलाई विभिन्न विधामा सम्मानित गरिएको हो ।

कम्पनीको कार्य कुशलता, प्रभावकारी एवम् पारदर्शी नीति तथा योजना, आम जनमानसको विश्वसनीयता र लोकप्रियता तथा चुस्त, सहज र विस्तारित सेवा प्रवाहको आधारमा सर्वश्रेष्ठ रहँदै कार्यसम्पादन गरेकाले कम्पनीलाई सम्मानित गरिएको हो ।

1380
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका