जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • हुन्डाईको अनबिटेबल एक्सचेन्ज सुरु हुँदै, इन्धनयुक्त वा विद्युतीय गाडीसँग साट्न सकिने

हुन्डाईको अनबिटेबल एक्सचेन्ज सुरु हुँदै, इन्धनयुक्त वा विद्युतीय गाडीसँग साट्न सकिने

हुन्डाई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘अनबिटेबल एक्सचेन्ज’ अफर योजना ल्याएको छ।

आगामी मंसिर १४ गतेदेखि सुरु हुने उक्त योजनामा आफ्नो कुनै पनि ब्रान्डको गाडी ल्याएर हुन्डाईको इन्धनयुक्त वा विद्युतीय गाडीसँग एक्सचेन्ज गर्न सकिने कम्पनीले बताएको छ।
हुन्डाईले आफ्ना ग्राहकको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राखी यो अफर ल्याएको हो। यो योजना नेपालभरि नै लागू हुने भएकोले आफ्नो नजिकैको हुन्डाईको शोरुममा जान सकिने छ।

यस एक्सचेन्जमा ग्राहकहरूले आफ्नो गाडीको बजारको प्रचलित मूल्यांकनभन्दा न्युनतम ५० हजार रुपैयाँ थप पाउनुका साथै विद्युतीय गाडीको खरिद गर्दा प्रोत्साहन स्वरुप ५० हजार रुपैयाँसम्मको गो ग्रीन बोनस पनि प्राप्त गर्न सक्ने छन् ।

विभिन्न मोडलहरुको खरिदमा नगद ६ लाखसम्मको आकर्षक छूट का साथै हुन्डाई शोरुममा गएर आफ्नो गाडीको मूल्यांकन गराइ र हुन्डाई गाडीको टेस्ट ड्राइभ गरी आकर्षक उपहारहरु पनि जित्न सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

शोरुममा तुरुन्तै पुरानो गाडीको मूल्यांकन गरी छिटोछरितो माध्यमद्वारा एक्सचेन्ज गरिने पनि कम्पनीले बताएको छ ।

एक्सचेन्ज योजना सहभागी भई उत्कृष्ट प्रविधिद्वारा निर्मित र विभिन्न अन्तरराष्ट्रिय पुरस्कारबाट सम्मानित भइसकेका हुन्डाईका कम्प्याक्ट एसयूभी, एसयूभी, ईभी र ह्याचब्याकमध्येबाट आफ्नो रोजाइ र आवश्यकताअनुसार छनौट गर्न सकिने छ।

सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्री सर्भिसिङ उपलब्ध छ। लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरि १७ शोरुम, १९ सर्भिस सेन्टर र ४३ चार्जिङ प्वइन्टमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादकमध्येमा पर्दछ। कम्पनीले ग्राहकको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको पनि बताएको छ।

1230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका