जोडिनुहोस
आइतवार, असार २, २०८१
आइतवार, असार २, २०८१
  • होमपेज
  • कामना सेवा विकास बैंकको १७औँ वार्षिक साधारण सभा सम्पन्न

कामना सेवा विकास बैंकको १७औँ वार्षिक साधारण सभा सम्पन्न

कामना सेवा विकास बैंक लिमिटेडको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज अर्थात पुष १७ गते लिसारा रिसेप्सन, नक्साल, काठमाडौँमा सम्पन्न भएको हो । बैंकको संचालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभावाट लेखा परीक्षकको प्रतिवेदन सहित आ.व.२०७९।८० को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाव र सोही आ.व.को नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाव लगायत वित्तिय विवरणसँग सम्वन्धीत अनुसूचीहरु सर्वसम्मतीले पारित गरेको छ ।

उक्त साधारणसभाले आ.व. २०८०/०८१ को लेखापरीक्षण नियुक्ती गर्नको लागि बैंकको लेखारीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखारीक्षण बि.आर एस् न्यौपाने एण्ड कम्पनी, चार्टड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ । सभामा सेयरधनीहरुले राखेका जिज्ञासाको जवाफ बैंकका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिएका थिए । शेयरधनीहरुले राख्नुभएका जिज्ञासाको जवाफ दिनुहुदै बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएको लक्ष्यहरु हासिल हुने गरी कार्यक्रम संचालन गरिएको तथा चालु आ.व.मा बैंकले शेयरधनीज्यूहरुको अपेक्षा वमोजिमको लक्ष्य हासिल गर्ने बताए ।

1015
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका