जोडिनुहोस
आइतवार, असार २, २०८१
आइतवार, असार २, २०८१
  • होमपेज
  • मंसिरमा जीवन बिमा कम्पनीले थपे सवा २ अर्ब बढीको व्यवसाय

मंसिरमा जीवन बिमा कम्पनीले थपे सवा २ अर्ब बढीको व्यवसाय

जीवन बिमा व्यवसाय गर्ने कम्पनीले २ अर्ब रुपैयाँ बढीको नयाँ व्यवसाय विस्तार गरेका छन्। सञ्चालनमा रहेका १४ जीवन र ३ लघु जीवन बिमा कम्पनीले मंसिरमा २ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ बराबरको प्रथम बिमाशुल्क संकलन गरेका हुन्।

कात्तिकमा जीवन बिमा कम्पनीले कुल १ अर्ब ९० करोड ५८ लाख ७३ हजार रुपैयाँ बराबरको प्रथम बिमाशुल्क संकलन गरेका थिए। महिना दिनबीचमै जीवन बिमा कम्पनीले ४५ करोड रुपैयाँ बढीको व्यवसाय विस्तार गरेका हुन्।

मंसिरमा संकलन गरिएको प्रथम जीवन बिमाशुल्कमध्ये १४ जीवन बिमा कम्पनीले २ अर्ब ३४ करोड ९६ लाख ५८ हजार र ३ लघु जीवन बिमा कम्पनीले ६० लाख ४४ हजार रुपैयाँ बराबर संकलन गरेका हुन्।

नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार मंसिरमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी ४७ करोड ५९ लाख ४८ हजार रुपैयाँको प्रथम बिमाशुल्क संकलन गरेको छ।

यस अवधिमा नेसनल लाइफले ३६ करोड ११ लाख ८५ हजार, हिमालयन लाइफले १८ करोड ५० लाख ५ हजार, सूर्यज्योति लाइफले १६ करोड १९ लाख, सानिमा रिलायन्स लाइफले १५ करोड ३४ लाख ३४ हजार र एसियन लाइफले १४ करोड २४ लाख ८७ हजार रुपैयाँको प्रथम बिमाशुल्क आर्जन गरेका छन्।

नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार मंसिरमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी ४७ करोड ५९ लाख ४८ हजार रुपैयाँको प्रथम बिमाशुल्क संकलन गरेको छ।

यस अवधिमा नेसनल लाइफले ३६ करोड ११ लाख ८५ हजार, हिमालयन लाइफले १८ करोड ५० लाख ५ हजार, सूर्यज्योति लाइफले १६ करोड १९ लाख, सानिमा रिलायन्स लाइफले १५ करोड ३४ लाख ३४ हजार र एसियन लाइफले १४ करोड २४ लाख ८७ हजार रुपैयाँको प्रथम बिमाशुल्क आर्जन गरेका छन्।

मंसिरमा क्रेस्ट माइक्रो लाइफले ४१ लाख ६२ हजार, लिबर्टी माइक्रो लाइफले १० लाख ९५ हजार र गार्डियन माइक्रो लाइफले ७ लाख ८६ हजार रुपैयाँका प्रथम बिमाशुल्क आर्जन गरेका छन्।

चालू आर्थिक वर्षका मंसिरसम्म (साउनदेखि मंसिरसम्म)मा जीवन बिमा कम्पनीले ६१ अर्ब ७५ करोड ८० लाख ३६ हजार रुपैयाँको कुल बिमाशुल्क संकलन गरेका छन्।  

जीवन बिमा व्यवसाय गर्ने बिमकले मंसिरमा ७३ हजार ३ सय ८५ वैदेशिक रोजगार बिमालेख जारी गरेका छन्। कात्तिकमा  ४८ हजार ४ सय २० बिमालेख जारी गरेका थिए। 

मंसिरमा सन् नेपाल लाइफले २० हजार ३ सय ९७, नेपाल लाइफले १६ हजार २ सय ३५, आइएमई लाइफले ७ हजार १ सय ३१, नेसनल लाइफले ७ हजार १ सय १५, एसिएन लाइफले ६ हजार ७ सय ८८, सानिमा रिलायन्सले ४ हजार ७ सय ३, सुर्यज्याति लाइफले ४ हजार ६ सय २७, रिलायबल नेपालले ३ हजार ६ सय ९७, सिटिजन लाइफले २ हजार ६ सय ४३ र प्रभु महालक्ष्मीले ४९ बिमालेख जारी गरेका छन्। 

चालू आर्थिक वर्षको मंसिरसम्म यी जीवन बिमा कम्पनीले कुल १ अर्ब २० करोड ५६ लाख ४२ हजार रुपैयाँ बराबरको बिमा शुल्क संकलन गरेका छन्। मंसिरमा मात्रै यी कम्पनीले ३१ करोड ४७ लाख ४६ हजार रुपैयाँको बिमाशुल्क संकलन गरेका छन्। 

865
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका