जोडिनुहोस
आइतवार, असार २, २०८१
आइतवार, असार २, २०८१
  • होमपेज
  • लक्ष्मी सनराइज बैंकको २३औं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित

लक्ष्मी सनराइज बैंकको २३औं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित

लक्ष्मी सनराइज बैंकको २३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवन सम्पन्न भएको बैंकले जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित कुल ७.३७ प्रतिशत लाभांश अनुमोदन गरेको छ । जसमा ७ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश छ ।


बोनश शेयर जारी गर्नका लागि हकसम्म अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्ने विशेष प्रस्ताव सभाले पारित गरेको छ । सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहबाट २ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको चयन सभाले गरेको छ ।

सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरु स्वीकृत गरेको छ ।

880
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका