जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • हिमालयन रिले अब भारतमा पनि पुनर्बीमा व्यवसाय गर्ने

हिमालयन रिले अब भारतमा पनि पुनर्बीमा व्यवसाय गर्ने

नेपालमा पुनर्बीमा व्यवसाय गर्दै आएको हिमालयन रिइन्स्योरेन्सले अब भारतमा पनि पुनर्बीमा व्यवसाय गर्ने भएको छ । भारतको बीमा क्षेत्रको नियामकीय निकाय आईआरडीएआईले स्वीकृति दिएसँगै हिमालयन रिले भारतमा उक्त व्यवसाय गर्ने भएको हो ।

हिमालयन रिइन्स्योरेन्सको निवेदनमाथि आईआरडीएआईले मंगलबार स्वीकृति प्रदान गरेको हो । आईआरडीएआईले एफआरएन नम्बर प्रदान गरेसँगै कम्पनीलाई भारतबाट पुनर्बीमा व्यवसाय पाउन बाटो खुला भएको हो ।

स्थापनाको छोटो समयमा नै कम्पनीले ३१ वटा देशमा व्यवसाय विस्तारको अनुमति प्राप्त गरी दक्षिण एसियाली क्षेत्रको एक उदाउँदो पुनर्बीमा कम्पनी बन्न सफल भएको कम्पनीको दावी छ ।

त्यस्तै, भारतमा व्यवसाय गर्न स्वीकृति पाएसँगै कम्पनीले पुनर्बीमा व्यवसायलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता गरेको छ ।

970
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका