जोडिनुहोस
शनिबार, जेष्ठ १२, २०८१
शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • व्यवसायमा व्यक्तिगत बैंक खाता प्रयोग गरेर कर छली

व्यवसायमा व्यक्तिगत बैंक खाता प्रयोग गरेर कर छली

नेपाल राष्ट्र बैंकले विभिन्न व्यक्तिले कर छल्नका लागि व्यापार व्यवसायको कारोबार पनि व्यक्तिगत खातामार्फत् गर्ने गरेकाे बताएको छ । नेपाल राष्ट्र बैंकको फाइनान्सियल इन्टेलिजेन्स युनिटले गरेको एक अध्ययनले व्यापार व्यवसायको कारोबार पनि व्यक्तिगत खातामार्फत् भएको प्रतिवेदन सार्वजनिक गरेको हो ।

सन् २०२० देखि सन् २०२२ सम्म राष्ट्र बैंकले गरेको अध्ययनले राष्ट्र बैंकसमक्ष प्राप्त भएका कारोबारमध्ये ३७ प्रतिशत व्यवसायले कर छल्ने नियतका साथ व्यक्तिगत बैंक खाता प्रयोग गर्ने पाइएको हो । ६५ वटा मुद्दामा बैंक खातामा शंकास्पद लेनदेन भएको देखिएको बताएको छ ।

प्राप्त भएका शंकास्पद कारोबारमा ४८ प्रतिशत व्यक्तिगत व्यवसाय, ३३ प्रतिशत कम्पनी, १९ प्रतिशत विभिन्न व्यापार तथा उत्पादनसँग सम्बन्धित पर्यटन व्यवसाय रहेको जनाएकाे हो ।

यो अवधिमा राष्ट्र बैंकले २०४ वटा घटनाको विश्लेषण गरेको छ । जसमा १३३ वटा मुद्दालाई थप अध्ययन गर्न आन्तरिक राजश्व विभाग र राजश्व अनुसन्धान विभागमा पठाएको जानकारी दिएको छ । विभागमा पठाएको मुद्दाहरूमा वार्षिक १२ बिलियन संकास्पद कारोबार देखिएको प्रतिवेदनमा उल्लेख छ ।

व्यवसायीले कर छल्नका लागि कम्पनीको कारोबार पनि व्यक्तिगत बैंक खातामार्फत् गर्ने गरेको भेटिएको हो । व्यापार व्यवसायका लागि व्यक्तिगत खाता प्रयोग गर्ने अभ्यास बढेकोले त्यसलाई रोक्नु पर्ने राय फाइनान्सियल इन्टेलिजेन्स युनिटको छ । कुनै व्यवसायीले त्यस्तो गरेको पाइएमा जरिवाना तथा सजायको व्यवस्था गरिनु पर्ने सो इकाइको सुझाव छ ।

यस्तै, यस्तो प्रवृति घरजग्गा कारोबारमा पनि देखिएको छ । राष्ट्र बैंकको सो इकाइले घरजग्गा खरिदबिक्रीको लेनदेन बैंकिङ प्रणालीबाट हुनु पर्ने धारणा राखेको छ । व्यवसायीले कर छल्नका लागि आफन्त र साथीभाईको नाममा पनि कारोबार गर्ने गरेको अध्ययनबाट खुलेको हो ।

675
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका