अर्थ वाणिज्य
धितोपत्र बोर्डको कार्यवाहक अध्यक्षको जिम्मा शाक्यलाई, डा.अधिकारीलाई कार्यकारी अधिकार
0 टिप्पणी
![धितोपत्र बोर्डको कार्यवाहक अध्यक्षको जिम्मा शाक्यलाई, डा.अधिकारीलाई कार्यकारी अधिकार](http://aarthikbazarnews.com/wp-content/uploads/2024/01/unnamed-13-e1706100466283.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
नेपाल धितोपत्र बोर्डको कार्यवाहक अध्यक्षको जिम्मा रितेश शाक्यलाई दिइएको छ । बुधबार बिहान बसेको बोर्डको सञ्चालक समितिको बैठकले सञ्चालक समितिको अध्यक्षता गर्नेगरी र बोर्डको कार्यवाहक अध्यक्षले गर्ने सम्पूर्ण भूमिकाको अधिकार हुनेगरी कार्यवाहक अध्यक्षको जिम्मेवारी शाक्यालाई दिर्ने निर्णय गरेको हो ।
रमेश कुमार हमाल बिदा भएपछि रिक्त पदमा अर्को व्यवस्था नहुन्जेलसम्मका लागि उनलाई सो जिम्मेवारी दिइएको हो ।
यता कार्यकारी भूमिकासहित निमित्तको जिम्मेवारी भने डा.नवराज अधिकारीलाई दिइएको छ । बिहान बसेको बार्ड बैठकले अधिकारीलाई सो जिम्मेवारी दिएको हो । बोर्डमा अब अर्को अध्यक्ष नआउन्जेलसम्म बोर्डमा सम्पूर्ण कार्यकारी भूमिकाको नेतृत्व डा.अधिकारीले गर्नेछन् भने बोर्डको अध्यक्षको भूमिकामा शाक्य रहनेछन् ।