जोडिनुहोस
आइतवार, असार २, २०८१
आइतवार, असार २, २०८१
  • होमपेज
  • नयाँ स्टक एक्सचेन्जबारे अध्ययन गर्न सरकारले बनायो समिति

नयाँ स्टक एक्सचेन्जबारे अध्ययन गर्न सरकारले बनायो समिति

सरकारले नयाँ स्टक एक्सचेन्जबारे अध्ययन गर्नको लागि समिति गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्ताणि शिवाकोटीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको हो।

उक्त समितिमा एक चार्टर्ड एकाउन्टेन्ट र एक कानुन व्यवसायी रहने बताईएको छ। संचार मन्त्री रेखा शर्माले धितोपत्र बजार सञ्चालन गर्ने संगठित संस्थासम्बन्धी अध्ययन गर्न नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्ताणि शिवाकोटीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गर्ने निर्णय भएको जानकारी दिएकी हुन्।

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रस्ताव मन्त्रिपरिषदमा पुगेपछि सरकारले यसबारे अध्ययन गर्न समिति गठन गरेको हो। बोर्डले नयाँ स्टक एक्सचेन्जको लाईसेन्स दिने बाटो खुलाईदिन सरकारलाई पत्र लेखेको थियो । 

नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको लागि आवेदन खुलाएर आवेदन समेत लिइसकेको छ। नयाँ स्टक एक्सच्नेजको लागि हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जको आवेदन परेको छ।

 हिमालयन स्टक एक्सचेन्जमा शंकर ग्रुप, गोल्छा ग्रुप, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका, भवानी राणा, खेतान ग्रुप, ज्योति ग्रुप, लक्की ग्रुप, दुगड ग्रुप लगायतको लगानी छ ।  त्यस्तै नेशनल स्टक एक्सचेन्जमा केडिया समुह र गैर आवासीय नेपालीको पनि लगानी छ । कम्पनीमा एनआरएनका हालका अध्यक्ष कूल आचार्य, र बद्री केसी, संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्व अध्यक्ष जिवा लामिछाने लगायतको लगानी रहेको छ । त्यस्तै  केडिया समूहका मनोज केडियाको लगानी रहेको छ । अग्नी ग्रुप, सिद्धार्थ ग्रुपको लगानी पनि यस कम्पनी रहेको बताईन्छ । अन्नपूर्ण एक्सचेन्जमा भने मुक्तिबोध न्यौपाने, सुरेन्द्रराज वाग्ले लगायतको लगानी छ । स्टक एक्सचेन्जमा व्यक्ति लगानी गर्न नपाइने भएकोले सबै लगानी संस्थागत हुन् । 

735
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका