जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • बाँसबारी जग्गा प्रकरण: सीआईबीले चौधरी लगायतलाई किर्ते र ठगी मुद्दा चलाउने

बाँसबारी जग्गा प्रकरण: सीआईबीले चौधरी लगायतलाई किर्ते र ठगी मुद्दा चलाउने

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले लामो समय अनुसन्धान गरेर बाँसबारी जग्गा प्रकरणमा कारबाही थालिएको जनाएको छ ।

व्यवसायी अरुण चौधरी लगायतलाई बिहीबार पक्राउ गरेपछि शुक्रबार सीआईबीले पत्रकार सम्मेलन गर्दै तीन महिनाभन्दा धेरैको अनुसन्धानपछि उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

आरोपीहरुलाई किर्ते र ठगी सम्बन्धी मुद्दामा कारबाही अघि बढाउने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा तत्कालीन सरकारले निर्णय गरेर नदिएको सीआईबीको दाबी छ । 

२०४३ सालमा च्याम्पियन फुटवेयरमा बाँसबारी छाला जुत्ता उद्योगको २५ प्रतिशत सेयर स्वामित्व रहने गरि जग्गा निजीकरण गरिएको थियो । सीआईबीका अनुसार सो समयमा च्याम्पियन फुटवेयरको पुँजी ५० लाख रहेको र सो को २५ प्रतिशत सेयर बाँसबारीले उद्योगले पाउँदा १२ लाख ५० हजार रुपैयाँ मात्र हुन आउँछ । तर, जग्गाको मूल्यांकन भने रोपनीको २ लाख ५० हजार रुपैयाँका दरले २५ लाख गरिएको सीआईबीको दाबी छ । 

सीआईबीका अनुसार सम्झौता बमोजिम साढे १२ लाख रुपैयाँ लगानी गर्नुपर्ने ठाउँमा २६ लाख २७८ रुपैयाँ लगानी गरि तत्कालीन बाँसबारी छाला जुत्ता उद्योगका अध्यक्ष अजितनारायण सिंह थापाले सरकारलाई हानी नोक्सानी पुर्‍याएर आफूलाई लाभ लिएर अरुण चौधरी सञ्चालक रहेको च्याम्पियन फुटवेयरलाई जग्गा दिलाएका थिए ।

यसरी सरकारबाट उद्योग सञ्चालन भनि विभिन्न मितिमा लिएको १० रोपनी जग्गा चौधरीले आफ्नो व्यक्तिगत नाममा नामसारी गरि चाँदबाग स्कुल सञ्चालन गरेको सीआईबीको ठहर छ । सरकारी जग्गा व्यक्तिको नाममा ल्याएको अभियोगमा तत्कालीन च्याम्पियन फुटवेयरका सञ्चालक अरुण चौधरीलाई प्रहरीले पक्राउ गरिसकेको छ । साथै प्रहरीले चाँदबाग स्कुलका सञ्चालकसमेत रहेका सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको छ ।

660
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका