जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • राष्ट्रिय बीमा कम्पनीले माग्यो सीईओ

राष्ट्रिय बीमा कम्पनीले माग्यो सीईओ

राष्ट्रिय बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा आवेदन माग गरेको छ । रिक्त रहँदै आएको पदमा कम्पनीले खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नेका लागि आवेदन माग गरेको हो ।

६५ वर्ष नपुगेका आवेदक सीईओ हुन बिमा, मौद्रिक, बैकिङ, वाणिज्य शास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र र कानुन विषयमा स्नातकोत्तर गरेको हुनुपर्नेछ ।

यस्तै बिमा क्षेत्रमा कम्तीमा पाँच वर्षको, बैंक वा वित्तीय क्षेत्रमा भए कम्तीमा ८ वर्ष वा दुवै क्षेत्रमा भए बिमा क्षेत्रमा एक वर्ष र बैंक तथा वित्तीय क्षेत्रमा ७ वर्षको अनुभव हुनुपर्नेछ ।

यस्तै चार्टर्ड एकाउन्टेन्सी गरेकाहरुले पनि व्यवस्थापक तहमा कम्तीमा १० वर्षको, बैक वा वित्तीय क्षेत्रमा १५ वर्ष, तथा दुवै क्षेत्रमा भए बिमामा एक वर्षको अनुभव सहित कम्तीमा १२ वर्षको अनुभव भएकाहरुले सीईओका लागि आवेदन दिन सक्नेछन् ।

६५ वर्ष उमेर नपुगेका उम्मेदवारले २१ दिन भित्र कम्पनीको केन्द्रिय कार्यलयमा आवेदन दिनुपर्नेछ ।

555
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका