जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • नागरिकता किर्ते गरी मृत्यु भएका व्यक्तिको पेन्सन बुझ्ने राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी पक्राउ

नागरिकता किर्ते गरी मृत्यु भएका व्यक्तिको पेन्सन बुझ्ने राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी पक्राउ

मृत्यु भइसकेका व्यक्तिको पेन्सन झिकेको आरोपमा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी पक्राउ परेका छन् । मृत्यु भइसकेका व्यक्तिहरुको पेन्सन आफैँ झिकेर ठगी गरेको आरोपमा बैंकको महाराजगञ्ज शाखाका कार्यालय सहयोगी पूण्यप्रसाद अधिकारी पक्राउ परेका हुन् ।

अधिकारीलाई जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार पक्राउ गरेको हो । पक्राउ परेका अधिकारीले कम्तीमा ८ जनाको पेन्सन पट्टाबाट आफैँले पेन्सन बुझेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अधिकारीले बैंकबाट पेन्सन लिइरहेका व्यक्तिको नागरिकता र पुरानो फोटो टाँसेर नयाँ नमुना कार्ड बनाएर बैंकमा हाजिर भइरहेको देखाई आफैँले पेन्स लिने गरेका थिए ।

अधिकारी रामेछापको लिखु तामाकोशी गाउँपालिकाका बासिन्दा हुन् । पक्राउ परेका अधिकारीलाई बैंकिङ कसुरमा थप कार्वाही तथा अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीले उच्च अदालत पाटनसँग अनुमति मागेको छ ।

790
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका