जोडिनुहोस
आइतवार, असार २, २०८१
आइतवार, असार २, २०८१
  • होमपेज
  • बैंक र वित्तिय संस्था, उद्यमी र व्यवसायीलाई अपराधी घोषणा गर्ने प्रसाईलाई तत्कालै कारवाही गरः उद्यमी व्यवसायीको धरपकड बन्द गर !

बैंक र वित्तिय संस्था, उद्यमी र व्यवसायीलाई अपराधी घोषणा गर्ने प्रसाईलाई तत्कालै कारवाही गरः उद्यमी व्यवसायीको धरपकड बन्द गर !

दुर्गा प्रसाई कुनै बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)संग जगंलमा बसेर देशमा आतंक मच्चाउन सक्रिय थिए भने अहिले पूर्व राजा ज्ञानेन्द्र शाहको आडमा देशमा अराजकता मच्चाइरहेका छन् । देशका प्रतिष्ठित उद्यमी व्यवसायीहरुलाई अपराधीको अभिव्यक्ति दिँदै बैंक र वित्तिय संस्था विरुद्ध अनागल तथ्य हिन र देशकै अर्थतन्त्र माथी धावा हुने गरी हिडेका दुर्गा प्रसाई माथी किन हुँदैन कारवाही ? यसको उत्तर सर्वसाधारण जनतालाई कसले दिने हो ? राज्यकै अर्थतन्त्र माथी धावा बोल्ने बैंक र वित्तिय संस्थामाथी तथ्य भन्दा बाहिर गएर गैर जिम्मेवारी टिका टिप्पणी गर्ने प्रसाई बारे अर्थमन्त्री डा.प्रकाशशरण महत र राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी किन बौल्दैनन् यसले के पुष्टी गर्दछ भने गभर्नर अधिकारी, दुर्गा प्रसाई र अर्थमन्त्री महत बीच भित्री साँठगाँठ छ भनेर । यसको खोजी अबको बाटो बन्नु पर्दछ ।

नेपालका दर्जनौ वाणिज्य बैंक र वित्तिय संस्थाबाट अर्बौ अर्ब कर्जा लिएर व्यवसाय गरेका दुर्गा प्रसाईले तिनै बैंक र वित्तिय संस्थाका खिलाप सामाजिक सञ्जालमा तथ्यहिन, टिप्पणी गर्ने, निक्षेपकर्ताहरुलाई डिपोजिट झिक्न आग्रह गर्ने, निरन्तर एउटा बैंक माथी प्रहार गर्ने, बैंक डुब्दै छ भन्ने, कर्जा मिनाह गर्दछु भन्ने, दुर्गा प्रसाईलाई छुट छैन राज्यले कारवाही गरोस् । देश एउटा दुर्गा प्रसाईको मात्रै होइन ३ करोड जनताको हो कि कसो ! भनिन्छ दुर्गा प्रसाईंले ज्ञानेन्द्रको ‘दर्शनभेट’ गर्दै राजनीतिक अराजकताको मैदानमा पौडी खेलिरहेका छन् । प्रसाईंले देशको आर्थिक अवस्थालाई स्थिर बनाइराख्ने बैंक तथा वित्तीय सस्थाहरूमाथि धावा बोलिरहेका छन् । कुनै पनि वित्तीय संस्थामाथि तथ्यभन्दा बाहिर गएर गैरजिम्मेवार रुपमा टिप्पणी गर्नु, सार्वजनिकरुपमा भाषणको विषय बनाइनु र सामाजिक सञ्जालमा हुँदै नभएको कुरा लेख्नु उक्त वित्तीय सस्थाका लागि होइन । मलुकको अर्थतन्त्रका लागि अपराध हो । दुर्गा प्रसाईंले सामाजिक सञ्जालमा एनआईसी बैंक डुब्न लागेको भन्दै उक्त बैंकबाट निक्षेप निकाल्न आम निक्षेपकर्तालाई आव्हान गरेका छन् ।

भ्रममा परेका केही निक्षेपकर्ताहरुले बैंकबाट आफ्नो पैसा फिर्ता लिएका समाचार आएका छन् । हेक्का होस् । निरन्तर एउटा बैंकमाथि प्रसाईं र उनको समूहले हौवा चलाईंदिदा बैंक मानसिकरुपमा दबाबमा परेको देखिन्छ । उसले आफ्ना वित्तीय विवरण सार्वजनिक गर्दै निक्षेपकर्ताहरूलाई भ्रममा नपर्न आग्रह गरिरहेको भेटिएको छ । भनिन्छ राजनीतिकरुपमा आफ्ना एजेण्डा राख्नु राजनीतिक लडाईं हो । तर, बैंक तथा वित्तीय सस्था र उद्यमी व्यवसायीमाथिको आक्रमण कुनै पनि शासन व्यवस्थामा क्षम्य मानिँदैन । यो राष्ट्रमाथिको अपराध हो । यहि अपराध दुर्गा प्रसाईंले गरिरहेका छन् । र, त्यो अपराधलाई यो सरकारले प्रोत्साहन गरिरहेको छ । यदि छैन भनेर यो सरकारले दावी गर्छ भने प्रसाईंमाथि अहिलेसम्म के कारवाही गर्यौ भनेर जनता सरकरको जवाफको मागिरहेका छन् । बैंकको कर्जा लिने अनि तिर्नुपर्ने बेलाआएपछि बैंकविरुद्ध हुलहुज्जत गर्ने प्रसाईंका गतिविधि कुनै पनि हालतमा माफीयोग्य छैनन् । अर्थमन्त्रीज्यू प्रसाईंको यो अराजक हर्कत नियन्त्रण गर्न अर्थमन्त्री डा. प्रकाश शरण महत र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पनि लागेको देखिँदैन । अर्थतन्त्र र वित्तीय प्रणाली जोगाउने दायित्व अर्थमन्त्री र गभर्नरको होइन ? यति मात्रै होइन दुर्गा प्रसाईंले यो देशको अर्थतन्त्रका अभिन्न हिस्सा बनेको मारवाडी समुदायप्रति अराजक शैलीमा प्रस्तुत भइरहेको देखिन्छ । कहाँ छ सरकार ?

काम गर्ने सिलसिलामा केही कमजोरीहरु भएका होलान् । गल्ती गर्नेलाई कानूनी दायरामा ल्याउनुपर्छ । तर, प्रसाईंको खोक्रो राष्ट्रवादका अगाडि मारवाडी समुदायले यो देशको अर्थतन्त्र निर्माण गरेर यो देशलाई आर्थिकरुपमा बलियो बनाएर देशको राष्ट्रियतालाई बलियो बनाईदिएको यथार्थ सरकारले भुल्न हुदैन हेक्का होस् । गृहमन्त्री बरिष्ठ उद्यमी अरुण चौधरीविरुद्ध उभिए, रातारात उनलाई गिरफ्तार गरेर ।

आजको दिनमा यो देशको अर्थतन्त्रमा मारवाडी समुदायको जति योगदान अरू कसैको छैन । काम गर्ने सिलसिलामा केही कमजोरीहरु भएका होलान् । गल्ती गर्नेलाई कानूनी दायरामा ल्याउनुपर्छ । तर, प्रसाईंको खोक्रो राष्ट्रवादका अगाडि मारवाडी समुदायले यो देशको अर्थतन्त्र निर्माण गरेर यो देशलाई आर्थिकरुपमा बलियो बनाएर देशको राष्ट्रियतालाई बलियो बनाईदिएको यथार्थ सरकारले भुल्न हुदैन हेक्का होस् । गृहमन्त्री बरिष्ठ उद्यमी अरुण चौधरीविरुद्ध उभिए, रातारात उनलाई गिरफ्तार गरेर । २०३७ सालको बाँसबासी जग्गालाई छानविन गर्न न अरुणले कुनै अवरोध गरेका थिए, न उनी कतै भागेर जानेवाला नै थिए । देशमा अर्बौं रुपैयाँको लगानी गरेको राज्यलाई करोडौं रुपैयाँ कर बुझाउने र दशौं हजार व्यक्तिलाई रोजगारी उपलब्ध गराएको एउटा उद्यमीलाई गृहमन्त्रीले यसरी गिरफ्तार गरे मानौँ उनलाई गिरफ्तार नगर्दा देशलाई ठूलै नोक्सान हुनेथियो ।

भनिन्छ माओवादी र राजावादी अतिवादी राजनीतिक हर्कतहरूमा देशका जिम्मेवार राजनीतिक पार्टीहरु, नागरिक समाज र उद्यमी व्यवसायीहरुका प्रतिनिधिमूलक सस्थाहरूको भूमिक कमजोर देखिएको छ । विशेषगरि नेपाली कांग्रेसले आफ्नो राजनीतिक जिम्मेवारीका बारेमा मुख खोल्न जरूरी छ– के उ यिनै अराजकताको बीचमा भूमिका बिहिन पार्टी बनेर बस्न चाहान्छ वा यि हर्कतहरूलाई अन्त्य गरेर देशलाई राजनीतिक र आर्थिक स्थिरताको बाटोमा हिँडाउन प्रतिवद्ध छ । सस्तो लोकप्रियताको स्टण्टबाजी राजनीतिमा कांग्रेसका युवा नेताहरूलाई बडो चाख भने बुझ्नुपर्छ राजनीतिको यो भाग नेपाली कांग्रेसलाई पर्दैन । यस्तो राजनीति गर्न कि माओवादी कित्तामा उभिनुपर्छ वा दुर्गा प्रसाईंको कित्तामा । यि युवाहरुले कांग्रेसको इतिहास फेरि एकपटक पढे हुन्छ ।

बतासदेखि चौधरीसम्मका घटना बुढी मरि भन्ने होइन, काल पल्क्यो भन्ने हो । यसले आजको नेतृत्वमा रहेका उद्यमी व्यवसायीलाई फेरी उपयुक्त मौका मिलाएर एक्ला एक्लै सिध्याउन सक्छ भनेर समयमै बुझ्नुपर्छ । त्यसैले उद्यमी व्यवसायीमाथि अत्याचारको विरुद्धमा संगठितरुपमा उभिन, बोल्न र हिम्मतका साथ शसक्त प्रतिक्रिया जनाउन ढिला भइसकेको छ ।

त्यसैगरि नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ पनि यो प्रवृत्तिको विरुद्धमा खरो उत्रिन सकेको देखिँदैन । उनीहरूले यो घटनालाई व्यक्तिगत रुपमा लिइरहेको जस्तो महशुस हुन्छ । बतासदेखि चौधरीसम्मका घटना बुढी मरि भन्ने होइन, काल पल्क्यो भन्ने हो । यसले आजको नेतृत्वमा रहेका उद्यमी व्यवसायीलाई फेरी उपयुक्त मौका मिलाएर एक्ला एक्लै सिध्याउन सक्छ भनेर समयमै बुझ्नुपर्छ । त्यसैले उद्यमी व्यवसायीमाथि अत्याचारको विरुद्धमा संगठितरुपमा उभिन, बोल्न र हिम्मतका साथ शसक्त प्रतिक्रिया जनाउन ढिला भइसकेको छ । हेक्का होस् । विज्ञप्ती निकाल्दैमा केही हुँदैन । आन्दोलन अवको बाटो हो । प्रसाईँका गतिविधिलाई हेर्ने समाजको दृष्टिकोणमा प्रष्ट रुपमा मतभेद देखिरहँदा राज्य संयन्त्रको भूमिका चाहिँ कस्तो छ त? कानुनको कार्यान्वयन र अराजकताको अन्त्य गर्ने जिम्मेवारी यही तेस्रो पक्षको काँधमा छ । लगातार रुपमा वित्तीय क्षेत्रमा अराजकता, साम्प्रदायिकता र घृणा फैलाउने गरी जेजस्ता गतिविधि भइरहेका छन् तिनलाई नियन्त्रण गर्ने मामिलामा तेस्रो वर्ग पूर्णतः ‘कुम्भकर्ण’जस्तो चीर निन्द्रामा रहे झैं लाग्छ ।

पछिल्लो समय प्रसाईँ बैङ्क तथा वित्तीय संस्थाप्रति आक्रामक छन् । सामाजिक सद्भाव भड्काउने गरी व्यावसायिक क्षेत्रको एउटा वर्गप्रति घृणा फैलाउने उनका अभिव्यक्ति निर्वाध प्रवाह भइरहेको छ । प्रसाईँले मिडिया र अभियन्ताहरुको अनुहारमा हिलो छ्याप्ने कदम पनि सँगसँगै बढाइरहेकै छन् । कहाँ छ राज्य किन बोल्दैन ? प्रसाईको यसखाले अभियानले गति लिइरहँदा बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी ‘थ्रेट’ महसुस गर्नु अस्वाभाविक होइन । त्यसको संकेत गत मंगलबार नेपाल राष्ट्र बैङ्कले प्रसाईँको अभिव्यक्तिलाई लिएर जारी गरेको वक्तव्यले पुष्टि गर्छ । पछिल्लो समय एनआईसी एसिया बैंकलाई लक्षित गर्दै प्रसाईँले बारम्बार ‘डुब्न लागेकाले रकम झिक्न’ आह्वान गरिरहेको देखिन्छ । वित्तीय क्षेत्रमाथि लगातार आक्रामक प्रसाईँका गतिविधिलाई लिएर गत मंगलबार राष्ट्र बैङ्कका अधिकारीको बैठक बसेको थियो । त्यही बैठकपछि विज्ञप्ति जारी गर्दै प्रसाईँले भने झैं बैंकिङ क्षेत्रको अवस्था खराब नरहेको राष्ट्र बैंकले सुनिश्चित गरायो । तर, त्यति मात्रैले स्थिति सम्हालिने सम्भावना देखिन्न । राज्यले अब प्रसाई माथी कारवाही गर्नुपर्दछ । नत्र भोली देशको अर्थतन्त्र कता जाने हो त्यो हेर्न बाँकी छ । आफ्नो प्रत्यक्ष नियामकीय तथा सुपरिवेक्षकीय दायरामा रहेका बैङ्क तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा हाल केही व्यक्ति÷समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ,’ राष्ट्र बैङ्कले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्र बैंकले आफू मातहतका वित्तीय संस्थाको पक्षमा वकालत गर्दै अभिव्यक्ति सार्वजनिक गरिसक्दा पनि ध्यानाकर्षण हुनुपर्ने अन्य सरकारी संयन्त्रको मौनता आश्चर्यपूर्ण देखिन्छ । भन्दा अब अन्यथा नहोला । वित्तीय अपराधदेखि ‘मोरल पुलिसिङ’सम्मका धेरै केसमा ‘प्रोएक्टिभ’ देखिने गृह मन्त्रालय जातीय हिंसा भड्काउने र बैंक तथा वित्तीय संस्थालाई धरापमा पुर्याउने अभिव्यक्ति आइरहँदा पनि ‘कानमा तेल हालेर’ बसेको छ । यो कस्तो सरकार हो किन प्रसाइबारे किन बोल्दैन ।

राष्ट्र बैंक बोल्यो !
नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा निक्षेपकर्ताहरुको निक्षेप सुरक्षित रहेको जनाएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले नेपालको बैंकिङ क्षेत्र सक्षम र सबल रहेको भन्दै बैंक तथा वित्तीय क्षेत्रमा राखेको निक्षेप सुरक्षित भएको दाबी गरेको हो ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमाथि राष्ट्र बैंकको प्रत्यक्ष नियामकीय तथा सुपरिवेक्षण विभागले निरन्तर निगरानी गरिरहेकोले बैंकिङ क्षेत्रमा कुनै पनि समस्या नभएको दाबी गरेको हो । यसका साथै राष्ट्र बैंकले नेपाली बैंक तथा वित्तीय संस्थाहरुमा ढुक्क भएर कारोबार गर्न पनि आग्रह गरेको छ । त्यस्तै, राष्ट्र बैंकले पछिल्लो समय केही व्यक्ति÷समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

देशमा राजा ल्याउने, बैंक र वित्तिय संस्थाबाट कर्जा लिएकाहरुको कर्जा मिनाहा गर्ने जस्ता अभिव्यक्ति दिँदै जनमत बटुलिरहेका दुर्गा प्रसाई बैंक र वित्तिय संस्था विरुद्ध लगातार खनिएपछि बैंक र वित्तिय संस्था सम्बन्धीत ४ संघले एक विज्ञप्ती प्रकाशित गरि तत्कालै कारवाही गर्न माग गरेका छन् भन्दा फरक पर्दैन

इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुको पुँजीकोषको अवस्था, कर्जा निक्षेप अनुपातको अवस्था एवम् तरलताको अवस्थासम्बन्धी परिसूचकहरु राष्ट्र बैंकको निर्देशनअनुरुप भएको पनि राष्ट्र बैंकले जनाएको छ । योसँगै बैंकिङ क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्य पछाडी नलागी ढुक्कसँग नियमित रुपमा कारोबार गर्न पनि राष्ट्र बैंकले अनुरोध गरेको छ । देशमा राजा ल्याउने, बैंक र वित्तिय संस्थाबाट कर्जा लिएकाहरुको कर्जा मिनाहा गर्ने जस्ता अभिव्यक्ति दिँदै जनमत बटुलिरहेका दुर्गा प्रसाई बैंक र वित्तिय संस्था विरुद्ध लगातार खनिएपछि बैंक र वित्तिय संस्था सम्बन्धीत ४ संघले एक विज्ञप्ती प्रकाशित गरि तत्कालै कारवाही गर्न माग गरेका छन् भन्दा फरक पर्दैन । सामाजिक सञ्जालमा बैंकहरु डुब्न लागेको, डिपोजिट डुब्ने भन्दै पैसा झिक्न समेत आग्रह गर्दै आएका, गलत अभिव्यक्ति दिँदै हिँडेका दुर्गा प्रसाईलाई राज्य तत्कालै कारवाही गर्न ४ संघको आग्रह समेत गरेको देखिन्छ ।

बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित संघहरुले वित्तीय क्षेत्र लक्षित भ्रामक अभिव्यक्ति दिने व्यक्तिहरूलाई कारबाहीको माग गरेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त वक्तव्य जारी गर्दै गलत अभिव्यक्ति दिनेलाई कानुनी कारबाहीको माग गरेका हुन् भन्दा फरक पर्दैन । समग्र वित्तीय क्षेत्रलाई नै खलबलाउने गरी भ्रामक सूचना सम्प्रेषण भएको भन्दै उनीहरूले कारबाहीका लागि सरकारको ध्यानाकर्षण समेत गराएका हुन् । भन्दा फरक पर्दैन । विगत केही समयदेखि विवादास्पद व्यापारी दुर्गा प्रसाईँलगायतले बैंक तथा वित्तीय संस्थाको कर्जा नतिर्न आह्वान गर्दै आएका छन् । पछिल्लो समय प्रसाईँलगायतले निश्चित बैंक तथा वित्तीय संस्था लक्षित गरी बचत रकम फिर्ता लिन सर्वसाधारणलाई आग्रह गरिरहेको देखिन्छ ।

चार संघले गलत र भ्रामक सूचनाको पछि नलाग्न सर्वसाधारणलाई अपिल समेत गरेका छन् । भन्दा फरक पर्दैन । बेला बखतमा सामाजिक सञ्जालहरूमा देखिने आधारहीन, गलत तथा भ्रामक टिप्पणीहरूमा ध्यान नदिनु हुन र सम्बन्धित सरोकार निकायहरूले सम्प्रेषण गरेको सूचना÷समाचारहरूलाई मात्र आधिकारिक रूपमा लिनुहुन सम्बन्धित सबैमा अनुरोध गर्दछौँ । साथै, आम सर्वसाधारणहरूलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तिजनक अभिव्यक्ति दिनेहरूलाई कानुनको दायरामा ल्याई आवश्यक कारबाही गर्न समेत सरकारी निकायहरूलाई आग्रह गर्दछौँ’, चार संघको संयुक्त वक्तव्यमा भनिएको छ । विज्ञप्तिमा नेपालमा वित्तीय संस्थाहरुले अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्त, नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्था पालना गरेको पनि उल्लेख छ । साथै, बैंक, वित्तीय संस्था तथा लघुवित्तहरूमा जोखिम बहन गर्ने क्षमता भएको र यी संस्था सुरक्षित रहेको पनि विज्ञप्तिमा जनाइएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेपकर्ताहरुको रकम पूर्णरुपमा सुरक्षित रहेको, राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको ५ लाखसम्मको रकम निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत सुरक्षण गरिएको पनि विज्ञप्तिमा जनाइएको छ । सचेत भया ।

5090
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका