जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले जित्यो आरबीबीएल–इसान कप

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले जित्यो आरबीबीएल–इसान कप

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले आरबीबीएल–इसान कप तेश्रो फुटसल प्रतियोगिताको उपाधि जितेको छ। राष्ट्रिय वाणिज्य बैंक (आरबीबीएल)को मुख्य प्रायोजनमा कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान)ले गरेको प्रतियोगिताको फाइनलमा एनआईएमबीले नेपाल आयल निगमलाई २–० गोलले पराजित गर्‍यो। एनआईएमबीको जितमा दुवै गोल सुलभ थापाले गरे।

उपाधिसँगै एनआईएमबीले ५० हजार रुपैयाँ पुरस्कार पायो। आयल निगमले ३० हजार रुपैयाँ प्राप्त गर्‍यो।

आयल निगम फाइनलमा पराजित भएको यो लगातार दोश्रोपटक हो। दोस्रो संस्करणको फाइनलमा आयल निगम नेपाल नागरिक उड्डयन प्राधिकरणसँग पराजित भएको थियो। पहिलो संस्करणको उपाधि एभरेष्ट बैंकले जितेको थियो।

सोल्टीमोडस्थित चैत्य फुटसलमा भएको प्रतियोगितामा नेपाल बैंक लिमिटेड तेस्रो भयो। नेपाल बैंकले काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई २–० गोलले हरायो। रञ्जन बराल र सुदीप सुवेदीले १/१ गोल गरे। नेपाल बैंकले २० हजार रुपैयाँ पुरस्कार पायो।

प्रतियोगितामा एनआईएमबीका सुलभ थापा सर्वाधिक गोलकर्ता बने। उनले ९ गोल गरेका थिए। एनआईएमबीकै सगुनकुमार मोक्तान उत्कृष्ट गोलरक्षक घोषित भए। राष्ट्रिय वाणिज्य बैंकले अनुशासित टिमको पुरस्कार पायो।

विजेतालाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशी, राष्ट्रिय वाणिज्य बैंकका नायब कार्यकारी प्रमुख देवेन्द्र रमण खनाल, इसानका अध्यक्ष रामविनय श्रेष्ठ लगायतले एक परस्कार रकम प्रदान गरे।

तीनदिने प्रतियोगितामा विभिन्न १६ संस्थाका १८ टिमले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए।

740
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका