जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • कृषि विकास बैंकद्वारा सातै प्रदेशका साढे ५ हजार विद्यार्थीलाई वित्तीय साक्षरता

कृषि विकास बैंकद्वारा सातै प्रदेशका साढे ५ हजार विद्यार्थीलाई वित्तीय साक्षरता

कृषि विकास बैंकले पनि विश्व वित्तीय सप्ताहको अवसरमा देशव्यापी साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।बैंकले सातै वटा प्रदेशमा बित्तीय साक्षरता कार्यक्रमा संचालन गरेको हो ।

बैंकले चैत्र ५ देखी ११ गतेसम्म सामुदायिक विद्यालय लगायत बिभिन्न २४ स्थानहरुमा वित्तीय सारक्षता कार्यक्रम संचालन गरेको छ । सो कार्यक्रमबाट करिव ५ हजार ६०० विद्यार्थी लाभान्वित भएका छन ।

बैंकले कोशी प्रदेशको आयोजनामा हरिनगरा माध्यमिक बिद्यालय, हरिनगरमा बित्तीय साक्षरता कार्यक्रम गरेको हो । सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको पनि उपस्थिति रहेको थियो ।

विद्यालयका ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थिहरुलाई बैंकका प्रमुख कार्यकारी अधिकृतले बित्तीय साक्षरता कार्यक्रममा, वित्तीय साक्षरताका सम्वन्धमा बैंक, विद्युतिय बैंकिंग सेवा, क्रिप्टो करेन्सी, क्यासलेस र पेपर लेस बैंकिङ्ग सेवाहरुको बारेमा सहजीकरण गरेका थिए ।

यस्तै, बेलैमा बचत गर्ने बानीको बिकास, कर्जा, निक्षेप, एजेन्सी सेवा लगायत, बचतको महत्व, खाताबाट कारोवार गर्दा हुने फाईदा, विद्युतिय कारोवार गर्दा अपनाउनु पर्ने सावधानी, पारिवारीक खर्चको लेखापालन जस्ता विषयका सम्वन्धमा जानकारी गराएका थिए ।

आर्थिक समृद्धिका लागि परिवारका सदस्यहरुको भुमिका, आम्दानीको बढी अंश बचत गरेर उत्पादनमुलक क्षेत्रमा लगाउनु पर्ने सिइओ गुरुङले बताए । सोही अवसरम हरिनगरा क्षेत्रका कर्जाग्राहकहरुसंग बैंकले प्रदान गर्दे आएको सेवा सम्वन्धमा जानकारी गराएका थिए ।

620
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका