जोडिनुहोस
आइतवार, असार २, २०८१
आइतवार, असार २, २०८१
  • होमपेज
  • बैंकहरुले ९ महिनाको मुनाफाबाट कर्मचारीलाई छुट्टाए ६ अर्ब ८३ करोड बोनस

बैंकहरुले ९ महिनाको मुनाफाबाट कर्मचारीलाई छुट्टाए ६ अर्ब ८३ करोड बोनस

चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले मुनाफाबाट ६ अर्ब ८३ करोड रुपैयाँ बोनस रकम छुट्टाएका छन् । बैंकहरुले ४४ अर्ब ६७ करोड रुपैयाँ मुनाफाबाट नियम अनुसार कर्मचारीहरुलाई बोनसका लागि अहिले नै ६अर्ब ८३ करोड प्रोभिजनिङ गरेका हुन् ।

बैंकहरुले अहिलेदेखिनै प्रोभिजनिङ गरे पनि यस्तो रकम भने अनुमानित नाफाको हिसाब गरी साउनदेखि वितरण गर्न थाल्नेछन् । नियम अनुसार पाउनु पर्ने पुरै रकम भने लेखापरीक्षण समाप्त भएर साधारणसभा आह्वान गरेपछि प्राप्त गर्ने छन् । यस वर्ष गत वर्षको तुलनामा कर्मचारीहरुको बोनस रकम घट्ने देखिएको छ । मर्जर पछि बैंकहरुमा कर्मचारीहरुको संख्या बढेको छ तर मर्जर पछि विभिन्न कारणले मुनाफामा भने आकर्षक सुधार हुन सकेको छैन । यसले गर्दा विगतका वर्षका कर्मचारीहरुले पाउदै आएको रकम यस वर्षको मुनाफाबाट पाउने सम्भावना निकै कम छ ।

कर्मचारीहरुले बोनस ऐन अनुसार नाफाको १० प्रतिशत बोनस वापत पाउँछन् । साथै, बोनस ऐन अनुसार कम्पनीले गर्ने नाफाको ६ महिनासम्मको तलब बराबर बोनस दिन मिल्छ ।

तेस्रो त्रैमाशिक अवधिसम्ममा सर्वाधिक धेरै मुनाफा नविल बैंकको रहेको छ । यसले गर्दा नविलले नै आगामी वर्षमा कर्मचारीहरुलाई सर्वाधिक धेरै बोनस दिदैछ । नविल बैंकले ९ महिनाको अवधिमा ४ अर्ब ६६ करोड मुनाफा आर्जन गरेको छ भने यहि मुनाफाबाट कर्मचारीका लागि भने ७३ करोड ६६ लाख रुपैयाँ प्रोभिजनिङ गरिसकेको छ ।

दोस्रो धेरै बोनस नेपाल इन्भेष्टमेन्ट बैंकले ५२ करोड ६ लाख छुट्टाइको छ । त्यस्तै तेस्रो धेरै रकम ग्लोबल आइएमईले ५० करोड ४५ लाख छुट्टाएको छ ।

हेर्नुहोस् कुन बैंकले कति छुट्टाए बोनस रकम

210
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका