जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागी ५ जना सर्टलिस्ट

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागी ५ जना सर्टलिस्ट

राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) बन्न पाँच जनाको नाम सङक्षिप्त सूची (सट लिस्ट) मा परेको छ ।

बैंकको प्रमुख कार्याकारी अधिकृत नियुक्ति सिफारिस उप–समितिले पाँच जना उम्मेदवारको नाम सट गरेको हो । समितिले कृष्ण बहादुर अधिकारी, देवेन्द्र रमण खनाल, प्रकाश चन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर के.सीको नाम प्रकाशन गरेको छ ।

आइतबार बसेको उपसमितिको बैठकले सिइओको सर्ट लिस्ट प्रकाशन गरेको हो । सोही बैठकले प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति, समय र स्थान समेत तोकेको छ । सट लिस्टमा परेका उम्मेदवारहरुको प्रस्तुतीकरण तथा अन्तर्वार्ता जेठ ९ गते बुधवारलाई तोकिएको छ ।

बैंकको सिइओका लागि २० जनाले आवेदन दिएका थिए । बैंकले गत बैशाख ७ गतेदेखि २१ दिनको म्याद राखेर सिइओ पदका लागि दरखास्त खुलाएको थियो ।

150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?