जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • कृषिमा समृद्धि ल्याउन जुट्यो बैंकर र व्यवसायीको टिम

कृषिमा समृद्धि ल्याउन जुट्यो बैंकर र व्यवसायीको टिम

बैंक तथा व्यवसायीक क्षेत्रमा लामो समय काम गरेर नाम र दाम कमाएका एउटा बलियो टिम अब भने कृषि क्षेत्रमा लागेको छ।

कृषि क्षेत्रमा समृद्धि ल्याएर नेपालको आर्थिक विकास तथा नागरिकको गुणस्तरीय जीवनमा टेवा पुर्‍याउने उद्धेष्यले आफुहरु एक जुट भएर यो क्षेत्रमा लागेको उक्त टीमका सदस्यहरुको भनाइ छ ।

जनता एग्रो फर्म लिमिटेडको नेतृत्त्व पवन गोल्यानले गरेका छन्। बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ(सीबीफीन) तथा एनएमबि बैंकको अध्यक्ष भइसकेका तथा स्वदेशमै धेरै रोजगारी प्रदान गर्ने उद्धेष्यले गोल्यान ग्रूप हाँकिरहेका व्यक्ति हुन्, उनी।

मुलुकलाई कृषिमा आत्मनिर्भर बनाएर नयाँ पहिचान दिन सकिन्छ भन्ने सोच लिएर उनले पछिल्लो सात वर्षदेखि गोल्यान माटो ब्राण्डलाई अगाडी सारेर कृषि कर्मलाई निरन्तरता दिइरहेका छन् ।

त्यस्तै जनता एग्रो फर्म लिमिटेडको प्रबन्ध निर्देशकमा भोज बहादुर शाह छन्। शाह पनि नेपालको शिक्षा क्षेत्रमा आफैंमा एउटा हस्ती हुन् भने सबैभन्दा बढी प्रमोटर भएको बैंक मेगा बैंकको अध्यक्ष भइसकेका व्यक्ति हुन्। शाह धेरै मात्रामा हाइड्रो पावरमा र अन्य साना मझौला व्यवसायमा पनि प्रत्यक्ष जोडिएका व्यक्ति हुन्।

त्यस्तै यस फर्ममा सञ्चालकको रुपमा कमलेश कुमार अग्रवाल छन्। उनी हाल नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष छन् भने विभिन्न बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका संस्थापकसमेत छन् ।

त्यस्तै यस फर्ममा केशब बहादुर रायमाझी पनि सञ्चालकको रुपमा छन्। उनी अहिलेको ग्लोबल आइएमई बैंकसँग मर्ज गरेको तत्कालिन जनता बैंकका अध्यक्ष हुन् भने विभिन्न हाइड्रोपावरका संस्थापकसमेत हुन् ।

त्यस्तै यस फर्ममा सञ्चालक रहेका परितोष पौडेल बचत तथा ऋण सम्बन्धि काम गर्ने सहकारीहरुको साझा छाता संगठन नेप्स्कुनका अध्यक्ष भइसकेका व्यक्ति हुन भने विभिन्न हाइड्रोपावरका पनि उनीको संस्थापकतर्फको लगानी छ । उनी सहकारी अभियन्ताका रुपमा समेत परिचित छन्।

यसैगरी, यस फर्ममा सञ्चालकको रुपमा रहेका प्रेम लामा छन्, उनी आफैंमा सफल कृषक पनि हुन्। ५० वर्षको उत्तराद्र्धपछि कृषि कर्ममा लागेर सफलता हासिल गरेका लामाआशापुरी फर्मका संस्थापक हुन्। विगत २२ वर्षदेखि अर्गानिक कृषि खेतीमा सक्रिय रहेका उनी अहिले कृषिमा समृद्धि ल्याउने लक्ष्यसहित यो टिममा जोडिएका छन्।

त्यस्तै यस फर्ममा सञ्चालक रहेका उपेन्द्र केशरी न्यौपाने कानून क्षेत्रका विज्ञ हुन् भने अर्का सञ्चालक नर बहादुर कार्की नेतृत्त्व तथा प्रेरक वक्तासमेत हुन्।

लामो समयदेखि विभिन्न क्षेत्रमा रहेर मुलुकको अर्थतन्त्रलाई प्रत्यक्ष योगदान पुर्‍याइरहेको यो टिम अहिले जनता एग्रो फर्म लिमिटेड नामक कम्पनीमार्फत एक ठाउँमा आइपुगेको छ । आ-आफ्नो तरिकाले आफ्नै ब्राण्ड नाम लिएर अगाडी बढिरहेको गोल्यान एग्रो, आशापुरी र गोल्यान ग्रूप मातहतका अरु आठ वटा फर्म मिलेर अहिले जनता एग्रो फर्म लिमिटेड बनेको हो।

कम्पनी जनता एग्रो फर्म लिमिटेड भएपनि गोल्यान एग्रोको माटो ब्राण्ड र आशापुरीको आशापुरी ब्राण्ड नै बजारमा अगाडी बढ्नेगरि कम्पनीको संरचना बनाइएको छ।जनता एग्रो फर्म लिमिटेडमा गोल्यान एग्रो, आशापुरी र गोल्यान ग्रूप मातहतका अरु आठवटा फर्मको आफ्नै शेयर स्वामित्व रहेको छ। यस कम्पनीको चुक्तापूँजी २ अर्ब रुपैयाँ छ।

जसमा अहिले जोडिएका सबै कम्पनीको लगानी ८५ करोड रुपैयाँ छ भने अरु संस्थापकको ६५ करोड रुपैयाँ छ। र ५० करोड रुपैयाँको शेयर भने सर्वसाधारणको लागि छुट्याइएको छ।

निकट भविष्यमा कम्पनीले सर्वसाधारणको लागि प्राथमिक शेयर(आईपीओ) निष्कासन गर्ने योजना बनाएको छ ।कम्पनीले खासगरि करार खेतीको रुपमा मुलुकभरका कृषकहरुसँग काम गर्ने रणनीति बनाएको छ।

यसका साथै कम्पनीले उत्पादन भइरहेको कृषि उत्पादनलाई खरिद गर्ने र त्यसलाई ब्राण्ड नाम दिएर बजारसम्म पुर्‍याउने तथा सम्भावित उत्पादनको अध्ययन तथा उत्पादनमा हातेमालो गर्ने र सहकार्यबाट उत्पादन फलफूल तथा खाधान्नलाई बजारसम्म पुर्‍याउने लक्ष्य लिएको छ ।

यतिमात्र नभएर मुलुकका विभिन्न ठाउँमा आफैंले जग्गा खरिद गरेर त्यहाँ मौसम तथा वातावरणले साथ दिने खालको कृषि फसल उत्पादन गर्ने र नेपाल तथा विश्व बजारमा पुर्‍याउने कम्पनीको मूख्य लक्ष्य छ।चीनबाट जनै र गुन्द्रुक आयात हुन थालेपछि कृषिमा लाग्ने प्रेरणा मिलेको स्वयं कम्पनीका सञ्चालकहरुले बताउने गरेका छन् ।

190
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका