कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा टोखा नगरपालिकाको गोंगबुमा ६३ औं शाखा कार्यालय स्थापना गरि कारोबार शुरु गरेको छ ।
बैंकका संचालकद्वय देव कृष्ण काफ्ले र संचालक विश्वेश्वर सुवेदी तथा कामु. प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुत्त रुपमा कारोबार शुरु गरेका थिए ।
कार्यक्रम कामु. प्रमुख कार्यकारी अधिकृतले बैंकले प्रदेश नं १ र २ का विभिन्न शहर तथा ग्रामिण इलाकामा गरि १९ वटा र काठमाडौं उपत्यकामा थप ३ वटा ठाउँमा गरि कुल २२ वटा शाखाको निर्माण कार्य भईरहेको र शाखा विस्तारको सम्भाव्यता अध्ययन भईरहेकोे बताए ।