जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • तीन दिनभित्र कोरोना बीमाको मागदाबी भुक्तानी दिन अर्थमन्त्रालयको निर्देशन

तीन दिनभित्र कोरोना बीमाको मागदाबी भुक्तानी दिन अर्थमन्त्रालयको निर्देशन

अर्थमन्त्रालयले कोरोना बीमा मागदाबी तीन दिनभित्र भुक्तानी दिन निर्देशन दिएको छ। मन्त्रालयले यसअघि दिएको निर्देशनको पालना नभएपछि पुन निर्देशन दिएको हो।

मन्त्रालयमा यसअघि कात्तिक १८ गते बसेको बैठकले सात दिनभित्र बीमा दाबी भुक्तानी गर्ने निर्देशन दिएको थियो। मन्त्रालयले हालसम्म न्यून संख्यामा मात्र भुक्तानी भएको, दैनिक प्रगति प्रतिवेदन नियमितरुपमा मन्त्रालयमा प्राप्त नभएको बताएको छ।

कोरोना बीमा मापदण्ड बमोजिम प्रकया तथा कागजात पूरा भएका दाबीहरुको भुक्तानी ३ दिनभित्र गरि दैनिक रुपमा मन्त्रालयमा जानकारी गराउन निर्देशन दिएको छ। यस्तै भेरिफिकेशन गर्न बाँकी दावीको भेरीफिकेशन यथाशिघ्र सम्पन्न गरी भुक्तानी दिने व्यवस्था मिलाउन मन्त्रालयले भनेको छ ।

यसैगरी कोरोना बीमा दाबी भुक्तानीका सम्बन्धमा विभिन्न बीमा कम्पनीहरुबाट प्राप्त दावी भुक्तानीमा के कस्ता समस्या देखिएका छन् ? हाल कुन कन बीमा कम्पनीमा कति संख्यामा दावी परेको विवरण पेन्डिङ रहेको छ? सो को विवरण र समस्या समाधानका लागि त्यस समितिबाट के प्रयास भैरहेको छ ? यस मन्त्रालयबाट सहजीकरणका लागि पहल गर्नु पर्ने विषयहरु के के हुन? यसको विस्तृत विवरण मन्त्रालयमा पठाउन समितिलाई मन्त्रालयले निर्देशन दिएको छ ।

यसैगरी कोरोना बीमाको हालसम्मको दावी संख्या, कागजात पुरा भएका दावी संख्या, भेरीफिकेशन लागि स्वास्थ सेवा विभागमा पठाएको संख्या, भेरीफिकेशन नभएका वा नक्कली दावीको विवरण, दाबी भुक्तानीको विवरण बुझाउन निर्देशन दिएको छ।

6545
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका