जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • एटिएममा बैंकहरुको ठगीः राष्ट्र बैंक बेखबर ?

एटिएममा बैंकहरुको ठगीः राष्ट्र बैंक बेखबर ?

भूपेन्द्र आचार्य । करिब ३ करोड नेपाली जनता मध्ये करिब १ करोडको हाराहारीमा नेपाली जनता बैंक र वित्तिय संस्थाको बैकिङ्ग कारोबारसंग जोडिएको देखिन्छ । नेपालका २८ वाणिज्य बैंक, ३१ विकास बैंकहरुले के कस्ता सेवा दिएका छन् । चेक बनाउँदा, डेविट–क्रेडिट कार्ड बनाउँदा, खाता खोल्दा र अन्य बैंकका स्मार्ट बैकिङ्ग सुविधा लिँदा बैंक र विकास बैंकहरुले राष्ट्र बैंकको निर्देशन विपरित लुकिछिपि शुल्क लिदै आएको खुलेको छ ।

एउटै पृष्ठभूमिका २८ वाणिज्य बैंकहरुमा फरक÷फरक शुल्क लिने गरिन्छ । उदाहरणको लागि एनआईसी एसिया बैंकले व्यक्ति वा संस्थाको खाता खेल्दा, डेविट क्रेडिट कार्ड लिँदा, आफ्नो बैंकको कार्ड अन्य कुनै बैंकको एटिएमबाट पैसा निकाल्दा, चेक बुक लिँदा १ पैसा पनि लिँदैन । तर, नेपालकै ८ अर्ब चुक्ता पुँजी भएका एनबी बैंक, हिमालयन बैंक, सिटिजन्स बैंकले यी माथीका सबै सेवामा राष्ट्र बैंकको निर्देशन विपरित शुल्क लिई जनता ठगीरहेको खुलेको छ ।
तपाईलाई अचच्म लाग्न सक्दछ ।

अरु बैंकको एटिएम कार्ड हिमालयन बैंकको एटिएम मेसिनमा राखी पैसा झिक्यो भने २ सय रुपैया खाताबाट पैसा काटिएको भेटिएको छ । यस्तै एनबी बैंकबाट एक सय रुपैया र सिटिजन्स बैंकबाट ५० रुपैया काटिएको देखिन्छ । यस्तो सेवा विश्व बजारमा कुनै बैंकले लिदैन र लिन पनि पाइदैन । तर यी तीनवटा बैंकले राष्ट्र बैंकलाई चुनौती दिँदै नेपाली बैकिङ्ग बजारमा दादागिरी (गुण्डागर्दी) मच्चाउँदै आएका छन् । सबै बैकिङ्ग सुचकमा शुल्क लिँदै गरिब दुखी जनता ठगी गर्दै आएको भेटिएको छ । गर्भनर डा. चिरनजिवी नेपाल ज्यू यी डन तीन बैंकलाई कुनै कारवाही हुँदै कारण के हो ? कांग्रेसी बैंक वा अरु केही कारण छ । अब तपाईले प्रष्ट पार्न जरुरी भै सकेको छ । कारवाही नहुने हो भने यी बैंकको नाम ‘नेपाली कांग्रेस बैंक’ भनी राखिदिन सहमती तपाईले दिए हुने थियो कि ?

एउटा नामको बैंकको एटीएम कार्ड अर्को नामको बैंकको मेसिनमा घुसार्नुहोस् । तपाईंले उक्त बैंकको एटिएमबाट पैसा निकाले बापत चर्को शुल्क काटिएको बिल पाउनुहुनेछ । जुन बैंकले दिएको कार्ड हो सोही बैंकको एटीएमबाट पैसा निकाल्दा कुनै शुल्क लाग्दैन । तर, अर्को बैंकको एटीएम प्रयोग गरे चर्को शुल्क काटिन्छ । अर्को बैंंकको एटीएम कार्डबाट भुक्तानी दिँदा हिसाबकिताब मिलान गर्नुपरेको भन्दै बैंकहरुले पैसा लिने गरेको नेपाल राष्ट्र बैंंकको भनाइ छ । ‘बैंकहरुले हिसाबकिताब मिलान चार्ज भनेर शुल्क लिने गरेका छन्,’ राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले राजतिलक साप्ताहिकसँग भने– ‘कागज र फोनलगायतको खर्च हुने भन्दै शुल्क लिन्छन् नि ।’

आफ्नो लागत खर्च हेरेर त्यही अनुसार ग्राहकबाट शुल्क लिने गरेको बैंकरहरुको दाबी छ । केही बैंंकले उच्च शुल्क लिने गरेका छन् त केहीले कम । बैंकहरुले लिने शुल्कमा एकरुपता नभएको राष्ट्र बैंकका प्रवक्ता पौडेलको दाबी छ ।
एटीएम कार्ड प्रयोगकर्ता एकपटक एटीएमबाट पैसा निकालेबापत २ सय रुपैयाँसम्म शुल्क लिने गरेको हिमालयन बैंकका कार्ड होल्डर रामचन्द्र कार्कीले बताए । उनीले थपेः– ‘मैले एउटा बैंकको कार्डबाट अर्को बैंकमा गएर एकपटक पैसा निकाल्दा २ सय शुल्क काटिएको छ,’ काठमाडौं–४ का किशोर महर्जनले भने–‘दुईपटक निकाल्दा ४ सय रुपैयाँ तिरेको छु ।’ एटीएमबाट दुईपटक रकम निकाल्दा सामान्य मानिसले एक दिनमा कमाउने रकम बराबरको शुल्क खर्च हुने गरेको छ । तर बैंकहरु तै चुप मै चुप छन् । राष्ट्र बैंक बेखबर जस्तै बनेको देखिन्छ ।

पहिला एउटा बैंकको एटीएम अर्कोमा प्रयोग गरेबापत १ सय ५० रुपैयाँसम्म लिने चलन थियो । तर अहिले क्रेडिट कार्डमा २५० शुल्क लिने गरेको देखिन्छ । यो लुट नभएर के हो ?

सामान्यतया उही बैंक (सेम बैंक) को एटीएम प्रयोग गर्दा शुल्क लाग्दैन, मेम्बर बैंक (सदस्य बैंक) को एटीएमबाट पैसा निकाल्दा एक पटकमा २० रुपैयाँ शुल्क लाग्ने र भिसा कार्ड प्रयोग गरी रकम निकाल्दा प्रत्येकपटक ५० रुपैयाँ शुल्क लाग्ने गर्छ । तर, उही बैंक र मेम्बर बैंकबाहेकको एटीएमबाट रकम निकाल्दा २५० भन्दा बढी शुल्क लिने खुलेको छ । यो कस्तो बैकिङ्ग नम्स हो गर्भनर साब ?

त्यतिमात्र होइन कहिले काहीँ पैसा नै निस्किदैन तर ब्यालेन्स भने घट्छ, रकम नस्किए पनि खातामा पैसा घटेको कुरा बैंकमा जानकारी गराउँदा पनि झन्झट हुँदै आएको र नगद फिर्ता पाउन २ महिना कुर्नु परेको पीडितहरुले राजतिलक साप्ताहिकसंग बताए ।

राष्ट्र बैंकका प्रवक्ता पौडेल भन्दछन्ः– हामीले एटीएम कार्ड प्रयोग गरेवापत ग्राहकबाट पैसा नलिन भन्दै आएका छौं । ‘हाम्रो भनाइ त ग्राहकबाट शुल्क नलेऊ भन्ने हो,’ उनीले थपे– ‘दुर्गम स्थानमा गएर एटीएमबाट वा अन्य चेकबाट रकम निकाल्दा पैसा लिए पनि सुगम ठाउँबाट लिनु हुँदैन भन्ने हो ।’ तर, बैंकहरुले हिसाब मिलान, क्लियरिङ, कागज, फोन लगायतमा खर्च हुने भएकाले शुल्क लिन बाध्य भएको बताउँदै आएका छन् । यो राम्रो होइन ।’

८० को दशकमा बैंक तथा वित्तीय संस्थाले सहज रुपमा सेवा उपलब्ध गराउने उद्देश्यले पहिलोपटक एटीएम कार्ड प्रयोगमा ल्याएका थिए । तर, यो ३०–३५ वर्षको अवधिमा एटीएम प्रयोगकर्ता ह्वातै बढेका छन् । कार्ड प्रयोगबाट नगद बोक्ने झन्झट अन्त्य भएको छ । तर, धेरैजसो एटीएम मेसिनमा पैसा, बत्तीको समस्या र पैसा नभएको भन्दै बन्द गरिएका हुन्छन् । यसले भने सेवाग्राहीलाई समस्यामा पार्ने गरेको छ । तर पैसा पाए पनि चर्को शुल्क लिने बैंकहरुको ठगीधन्दा जारी छ ।
सरकार, केन्द्रीय बैंकलगायतका निकायले कार्डको प्रयोग बढाउन ‘क्यास लेस’को कारोबार गर्न प्रोत्सहान गर्दै आएका छन् । तर, यस किसिमका झन्झटका कारण खल्तीमा नगद नै बोक्नुपर्ने बाध्यता सर्वसाधारणमा अझै छ । किन चाहियो एटिएम कार्ड ?

एटीएम कार्ड नगद झिक्न वा पस (पोइन्ट अफ सेल) मेसिनबाट बिना नगद सिधै वस्तु वा सेवा खरिद गर्नमा प्रयोग गरिन्छ । तर, एटिएम कार्ड वस्तु खरिदमा निकै कम प्रयोग हुने गरेको पूर्व बैंकर अनलराज भट्टराई बताउँछन् । एटीएमबाट वस्तु खरिद गर्न सकिने भए पनि एटीएममा गएर पैसा निकाल्ने बानी परेको उनीको दाबी छ ।

नेपालका २८ वाणिज्य बैंक र ३१ विकास बैंकका कार्ड लिने लाखौ जनताले अर्को बैंकको एटिएम प्रयोग गरेर तिर्नुपर्ने चर्को शुल्क तत्कालै हटाउनु पर्ने आवाज उठेपनि कांग्रेसी गर्भनर डा. चिरनजिबी नेपालले दर्जनौ बैंकलाई चर्को शुल्क लिन छुट दिएर ठगी गर्न छुट दिएको देखिन्छ । खासगरी हिमालयन बैंक, एनबी बैंक र सिटिजन्स बैंकले चर्को एटिएम सेवामा पैसा लिएको भेटिए पनि राष्ट्र बैंक मौन बस्नुको अर्थ के हो ? यी तीनवटै बैंकका सीइओ कांग्रेसी विचारधारा राख्ने बैंकर छन् र सञ्चालकहरु पनि कांग्रेसी नै छन् । त्यसैले यी तीन बैंकलाई कांग्रेसी गर्भनर डा. चिरनजीवी नेपालले सवै कुराको छुट दिएको एक डिपुटी गर्भनरले नाम नलेख्ने सर्तमा राजतिलक साप्ताहिकसंग बताए ।

स्मरणीय रहोस् सेवाको नाममा कुनै पनि नेपाली जनतालाई ठगी गर्ने अधिकार नेपालको कानूनले कसैलाई दिएको छैन सचेत भया । राजतिलक साप्ताहिक

8710
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका