जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सनराइज बैंकको लहान शाखा स्थानान्तरण

सनराइज बैंकको लहान शाखा स्थानान्तरण

सनराइज बैंक लिमिटेडले सिरहा जिल्ला लहान न.पा. वडा नं. ८, लहानस्थित शाखा कार्यालयलाई साविकको स्थानबाट करिव ७५० मि. को दुरीमा स्थानान्तरण गरेकोे छ ।

आईतबार एक कार्यक्रमका बिच स्थानान्तरण गरिएको शाखाको उद्घाटन उद्योग वाणिज्य महासंघ नेपालका उपाध्यक्ष किशोर प्रधान तथा उद्योग वाणिज्य संघ लहानका अध्यक्ष अशोकलाल अमात्यले संयुक्त रुपमा गरेका हुन् । साथै प्रदेश सभा सदस्य एवंम् पूर्व मेयर लगनलाल चौधरीले लहान शाखाको ए.टि.एम को उद्घाटन गरेका थिए ।

उक्त उद्घाटन कार्यक्रममा बैंकका नायव महाप्रबन्धक अपछ कुमार यादव लगाएत बैंकका उच्च पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

हाल सनराइज बैंकले मुलुकभर आफ्नो १०२ वटा शाखा, ११४ वटा एटिएम, २८ वटा शाखारहित बैंकिङ्ग सेवा र ४ वटा एक्सटेन्सन काउण्टर मार्फत आफ्ना ५ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सन्राइज क्यापिटल लि. रहेको छ ।

11915
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?