जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • सहयोगी विकास बैंक एटीएम सेवाको शुभाराम्भ

सहयोगी विकास बैंक एटीएम सेवाको शुभाराम्भ

सहयोगी विकास बैंक लिमिटेडले आफ्नो आधुनिक सेवा विस्तारको क्रममा एटीएम सेवाको विधिवत शुभारम्भ गरेको छ । उक्त एटीएमको बैंकका अध्यक्ष उदयकान्त झा ‘जिवन’ ले शुभारम्भ गरेका छन् ।

बैंकका केन्द्रीय कार्यालय विद्यापति चोकमा रहेको एटीएमको विधिवत उद्घाटन गरी एटीएम सेवा सञ्चालनमा आएको बैंकका अध्यक्ष झाले जानकारी दिए ।

यस बैंकको यो एटीएमबाट नेपालको साथै भारतमा रहेको एटीएम नगद झिक्न तथा कारोबार गर्न सकिने छ ।
बैंकको केन्द्रीय कार्यालय लगायत महोत्तरीको बर्दिवास शाखा, गौशला शाखा र जलेश्वर शाखा गरी जम्मा ४ वटा शाखा कार्यालयहरुमा एटीएम शाखा सञ्चालनमा आएको छ । यस एटीएम टर्मिनलहरु मार्फत सहयोगी विकास बैंकको अतिरिक्त अन्य बैंक तथा वित्तीय संस्थाका महानुभावहरुले समेत सहज रुपमा कारोबार गर्न सक्नेछन् ।

जनकपुरधाममा केन्द्रीय कार्यालय रही २०६० साल कात्तिक महिनादेखि कारोबार सुरु गरेको यस बैंकले धनुषा, महोत्तरी र सिन्धुली जिल्लाहरुमा गरी हाल १३ वटा शाखा कार्यालयहरुबाट बैंकिङ सेवा दिइरहेको छ । बैंकमा अहिले ८५ हजार सन्तुष्ट ग्राहकहरु रहेका छन् ।

7185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका