जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नुवाकोटको बिदुर स्थित चक्रदेब हस्पिटलमा प्रभु बैंकका ग्राहकलाई आकर्षक छुट

नुवाकोटको बिदुर स्थित चक्रदेब हस्पिटलमा प्रभु बैंकका ग्राहकलाई आकर्षक छुट

प्रभु बैंक लिमिटेडका ग्राहकले नुवाकोटको बिदुर स्थित चक्रदेब हस्पिटलमा विभिन्न सेवाहरुमा आकर्षक छुट पाउने भएका छन्।

हस्पिटलले उपलब्ध गराउने विभिन्न सेवामा छुटसम्बन्धी सम्झौतामा दुवै पक्षबीच सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट बट्टार शाखाको प्रमुख सुबर्ण राज कंडेल र चक्रदेब हस्पिटलका तर्फबाट निर्देशक सुशील पन्डित ले हस्ताक्षर गरे ।

प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहक एवम् बैंकका कर्मचारीहरुले सो हस्पिटलले प्रदान गर्ने सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । जस अन्तर्गत ओ पि डि टिकट र फार्मेसी मा भने छुट पाउने छैनन् ।

बैंकले दिने सेवामा छुट पाउनका लागि प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको क्यूआर कोड, डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलमार्फत बिल भुक्तानी गर्नुपर्ने छ ।

3380
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका