जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • सेञ्चुरी कमर्सियल बैंकले संस्थापकतर्फको १८ लाख कित्ता सेयर बिक्री गर्दै

सेञ्चुरी कमर्सियल बैंकले संस्थापकतर्फको १८ लाख कित्ता सेयर बिक्री गर्दै

सेञ्चुरी कमर्सियल बैंकले संस्थापकतर्फको १८ लाख १२ हजार ८९ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। उक्त सेयर सिलबन्दी बोलकबोलमार्फत बिक्री गर्ने भएको हो।

इच्छुक संस्था वा व्यक्ति जो कोहीले उक्त बोलकबोलमा भाग लिन सक्नेछन्। विद्यमान संस्थापक सेयरधनी पनि बोलकबोलमा सहभागी भएर बोलपत्र आवेदन बुझाउन सक्नेछन्।

सेयरको न्युनतम मूल्य बैंकले १४५ रुपैयाँ तोकेको छ। तोकिएको मूल्यभन्दा कम मूल्य राखेर आवेदन दिन पाइने छैन। यस्तै, न्युनतम १०० कित्ताका लागि बोलकबोल पेस गर्नु पर्नेछ। अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

बैंकले बुधबारदेखि सिलबन्दी बोलकबोलका लागि आवेदन खुला गरेको हो। बोलकबोलमा असार १५ गतेसम्म आवेदन पेस गर्नु पर्नेछ। बोलपत्र फाराम बैंकको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलबाट प्राप्त गर्न सकिनेछ।

4035
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका