जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • प्रभु बैंकको नयाँ शाखा ताप्लेजुङको फुङलिङमा

प्रभु बैंकको नयाँ शाखा ताप्लेजुङको फुङलिङमा

प्रभु बैंकले ताप्लेजुङ्ग जिल्लाको फुङ्गलिङ्ग नगरपालिका वडा नं. ४ मा नयाँ शाखा कार्यलय विस्तार गरी कारोबार शुरु गरेको छ । उक्त नयाँ शाखा कार्यलयको उद्घाटन फुङलिङ्ग नगरपालिकाका मेयर छत्रपती प्याकुरेलले गरे ।

कार्यक्रममा फुङलिङ्ग नगरपालिकाका मेयर प्याकुरेलले प्रभु बैंकले स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा आप्mनो शाखा कार्यालयहरु सञ्चालनमा ल्याएर बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रंशसा गर्दै अब फुङलिङ्ग नगरपालिकाबासीहरुलाई नजिकैबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको हुँदा सहि सदुपयोग गर्न आव्हान समेत गरे ।

9915
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका