जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • १७ वटा वाणिज्य बैंकको बेस रेट १० प्रतिशतभन्दा तल

१७ वटा वाणिज्य बैंकको बेस रेट १० प्रतिशतभन्दा तल

कर्जाको ब्याजदर घट्न थालेको छ। पछिल्ला केही महिनायता बैंकहरूले निक्षेपको ब्याजदर निरन्तर घटाइरहेकाले बेसरेट कम भई कर्जाको ब्याजदर पनि घट्न थालेको हो। निक्षेप निरन्तर थपिँदै गए पनि कर्जाको माग बढ्न नसक्दा बैंकहरू लागत घटाउनु पर्ने दबाबमा छन्। त्यसैले उनीहरूले बेस रेटमै समेत ऋण दिन थालेका छन्।

सञ्‍चालनमा रहेका २० वाणिज्य बैंकमध्ये स्टाण्डर्ड चार्टर्ड र राष्ट्रिय वाणिज्य बैंकको बेस रेट ८ प्रतिशतभन्दा कम छ। चैतमा राष्ट्रिय वाणिज्य बैंकको बेस रेट ७.६२ प्रतिशत र स्टाण्डर्ड चार्टर्ड बैंकको ७.५२ प्रतिशत छ।

१२ वटा बैंकको बेस रेट भने ९ प्रतिशतभन्दा माथि छ। सबैभन्दा बढी बेस रेट हुने बैंक हिमालयन हो। बैंकले बेस रेटलाई आधार बनाएर त्यसमा केही प्रतिशत प्रिमियम थप गरी कर्जा लगानी गर्छन्। प्रणालीमा लगानीयोग्य रकम (तरलता) थुप्रिएका बेला कर्जाको माग नभएपछि बैंकहरूले निक्षेपको ब्याजदर निरन्तर घटाउँदै आएका छन्।

हाल मुद्दती निक्षेपको अधिकतम ब्याजदर ८ प्रतिशत तल छ। बचतको ब्याजदर ३ प्रतिशतमा झरिसकेको छ। सरकारी स्वामित्वको कृषि विकास बैंकले चैत १ गतेदेखि लागू हुने गरी मुद्दती निक्षेपको ब्याजदर ५.६६ प्रतिशतमा झारेको छ। जुन अन्य वाणिज्य बैंकहरूको तुलनामा सबैभन्दा कम हो।

वाणिज्य बैंकहरूको बेस रेटको अवस्था

क्र.स.बैंकबेस रेट
स्टाण्डर्ड चार्टर्ड७.५२
राष्ट्रिय वाणिज्य७.६२
नेपाल८.०५
एभरेष्ट८.५२
नबिल८.६१
नेपाल इन्भेष्टमेन्ट मेगा८.८१
सानिमा८.९७
सिद्धार्थ८.९८
प्रभु९.०६
१०ग्लोबल आइएमई९.०९
११नेपाल एसबीआई९.११
१२एनआईसी एसिया९.१३
१३माछापुच्छ्रे९.२६
१४कृषि विकास९.३६
१५एनएमबि९.४१
१६सिटिजन्स९.५८
१७लक्ष्मी सनराइज९.६४
१८कुमारी१०.०१
१९प्राइम कमर्सियल१०.०५

495
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका