जोडिनुहोस
शनिबार, बैशाख २९, २०८१
शनिबार, बैशाख २९, २०८१
  • होमपेज
  • ४ दिनपछि आज शेयर कारोबार खुल्दै

आर्थिक विशेष

४ दिनपछि आज शेयर कारोबार खुल्दै

४ दिनपछि आज शेयर कारोबार खुल्दै

चार दिनपछि आज मंगलबार शेयर बजार खुल्दै छ । शुक्रबार, र शनिवार शेयर बजार नै बन्द हुने तथा मङ्सिर ४ गते आइतबार र मङ्सिर ५ गते सोमबार सरकारले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सार्वजनिक विदा दिएपछि लगातार ४ दिन शेयर बजार बन्द थियो ।

चुनावको प्रारम्भिक परिणम आउने क्रममा शेयर बजार के होला भन्ने लगानीकर्ताको चासो छ । यसपालीको मतपरिणाम भने विगतको भन्दा धेरै फरक देखिने आकलन भइरहँदा सेयर बजारले कस्तो प्रतिक्रिया देखाउला भने आमचासोको विषय बनेको छ । प्रारम्भिक मतपरिणामलाई आधार लिने हो भने स‌‌सदमा कुनै पनि दलको बहुमत नपुग्ने र सरकार अस्थिर रहने सम्भावना रहेको विश्लेषकको आँकलन छ । जुन सेयर बजारका लागि निकै नकारात्मक पक्ष हो । अस्थिर सरकार रहँदा आर्थिक गतिविधिले भन्दा राजनीतिक सक्रमण बढ्ने जोखिमका कारण बजार बढ्दै जानेमा लगानीकर्ता सशकित छन् ।

तर, निर्वाचनपछि बजारमा पैसाको आपुर्ति बढ्ने र तरलता सहज बन्दै गएमा बैकको ब्याजदर घट्ने हुँदा यसले अल्पकालीन रुपमा सेयर बजारलाई बढाउन सघाउ पुर्‍याउने आकलन गरिएको छ । त्यसबाहेक अहिले कर्जाको ब्याजदर बढेर उद्योगव्यवसायमा मन्दी आइरहेको समयमा नेपाल राष्ट्र बैकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत निजी क्षेत्रका माग सम्बोधन गर्न कस्तो नीति लिन्छ भनेर लगानीकर्ता केही समयका लागि पर्ख र हेरको स्थितिमा बस्ने पनि आकलन गरिएको छ ।

सेयर बजार गत बिहीबार २५.५७ अंकले बढेर १९३६.८३ बिन्दुमा बन्द भएको थियो । त्यसयता आज सेयर बजारको पहिलो कारोबार हुन लागेको हो

1260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका