

गत आईतबारको दिन सांझ मा आएको बिनाशकारी आँधीहुरीले बारा र पर्सा जिल्लाका केहि बासिन्दाहरुको जिउधनमा पु¥याएको अपुरणिय क्षती प्रति दुःख ब्यक्त्त गर्दै पिडितहरुको राहतका लागी सहयोगी बिकास बैंक लि. ले सहयोग गर्ने निर्णय गरेको थियो ।
सोही अनुरुप प्रदेश न. २, मुख्यमन्त्री राहत कोषमा जम्मा हुनेगरी रु.११११११ को चेक प्रदेश नं. २ का माननिय अर्थमन्त्रि बिजय कुमार यादबलाई औपचारिक रुपमा हस्तान्तरण गरिएको छ ।