जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • ७० अंकको उच्च वृद्धि हुँदा ९ अर्ब १३ करोड बढीको कारोबार

७० अंकको उच्च वृद्धि हुँदा ९ अर्ब १३ करोड बढीको कारोबार

 साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक उच्च अंकले बढेको छ । यो दिन नेप्से परिसूचक ७०.१८ अंकले बढेर २ हजार ३१०.५९ विन्दुमा आइपुगेको छ ।

यो विन्दुमा दुई वर्ष तीन महिनापछिको उच्च विन्दु हो । यसअघि २०७९ बैशाख २९ गते बिहीबार यो विन्दुमा थियो । त्यसयता बजारमा २ हजारको मनोवैज्ञानिक विन्दुको तहबाट माथि उक्लिन सकेको थिएन ।

यस दिन सेन्सेटिभ इण्डेक्स पनि १२.३३ अंकले बढेको छ ।दुई सातादेखि निरन्तर बढीरहेको शेयर बजारमा नाफा बुक राख्ने प्रतिस्पर्धाले सोमबार बजारमा १७ अंकले करेक्सन आएको थियो । तर, सोमबार मात्रै कार्यभार सम्हालेका अर्थमन्त्रीमा विष्णु पौडेलले लगानीकर्ताहरुलाई पूँजीबजारमा देखिएका समस्याहरुलाई नीतिगत सुधार गरेर जाने बताएका थिए । उनी लगानीकर्ताले रुचाएका अर्थमन्त्री पनि हुन् ।

उनले पूँजीबजार अर्थतन्त्रको ऐना भएकाले यसलाई नकारात्मक ढंगलले  हेर्न नहुने बताएका थिए । यो भनाइका कारण पनि लगानीकर्ताहरुको मनोबल उच्च रहेको देखिन्छ । जसको प्रभाव आजको बजारमा परेको हो ।

९ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

उच्च अंकले बढेको बजारमा यो दिन ९ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यो दिन सिन्धु विकास बैंक, बरुण हाइड्रोपावर,ग्रीन डेभलपमेन्ट,आँखुखोला जलविद्युत,मन्दाकिनी हाइड्रो पावर,सिक्लेस हाइड्रोपावर, सिंगटी हाइड्रो इनर्जी,रिडी  पावर कम्पनी र अरुणभ्याली हाइड्रो पावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 

उच्च अंकले बढेको बजारमा तीन वटा कम्पनीको इकाई मूल्यमा नकारात्मक सर्किट लागेको  छ। जसमा  नविल इन्भेष्मेन्ट डिवेञ्चर,एनआईबीएल ग्रोग फण्ड र एलबीबीएल  डिवेञ्चर रहेका छन् ।

 कारोबारमा आएका ३१५ वटा कम्पनीको २ करोड ५८ लाख कित्ता शेयर किनबेच हुँदा  ९ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको छ । 

सर्वाधिक कारोबार भएको कम्पनीमा न्यादी ग्रूप पावर कम्पनी,एनआरएन इन्फाष्ट्रचर एण्ड डेभलपमेन्ट,अपि पावर कम्पनी, जानकी फाइनान्स कम्पनी, र अरुणभ्याली हाइड्रो पावर कम्पनीको १६ करोड ७५ लाख रुपैयाँदेखि २१ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ ।

उपसमूह सूचक ५.४५ प्रतिशतले बढेको छ । त्यसपछि विकास बैंक उप समूहको सूचक ४.९४ प्रतिशतले बढेको  छ ।‘ अन्य समूहको सूचक २.१० प्रतिशतदेखि ३.६३ प्रतिशतसम्मले बढेको हो । नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष तथा लगानीकर्ता छोटेलाल राैनियारले दुई ठुला दलले लिएको स्थायीत्वको नीतिकै कारण बजार बलियो भएको बताए । उनले भने,‘ प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरबीचको समन्वयहुँदा सबै कुरा मिल्ने देखिन्छ जसको कारण सबै पक्षका हिसाबले लगानीकर्ताको मनोबल उच्च भएकै कारण बजार बढ्न पुगेको हो ।’

2770
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका