जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • प्रभू ग्रुपलाई प्रभु टिभी मार्फत इन्टरनेट फ्रिक्वेन्सी, इन्टरनेट व्यवसायी आन्दोलनमा

प्रभू ग्रुपलाई प्रभु टिभी मार्फत इन्टरनेट फ्रिक्वेन्सी, इन्टरनेट व्यवसायी आन्दोलनमा

भूपेन्द्र आचार्य  । सरकारले विना टेन्डर प्रभु समुहका अध्यक्ष देवी प्रसाद भट्टचनलाई करोडौंको इन्टरनेट फ्रिक्वेन्सी दिने निर्णय गत सोमबार गरेपछि वर्डलिङ्ग, सुभिसु जस्ता इन्टरनेट प्रदायक संस्थाहरु आन्दोलनमा उत्रिएका छन् ।
सरकारले बिना टेण्डर एकमात्र कम्पनी प्रभू ग्रुपको प्रभू टिभीलाई दिएपछि सरकारको सो निर्णय बिरुद्ध इन्टरनेट व्यवसायीहरु आन्दोलनमा उत्रिएको कुरा वर्डलिङ्कका प्रबन्ध निर्देशक दिलिप अग्रवालले आर्थिकबजार न्यूजसंग बताए ।

प्रभु समूहका अध्यक्ष देवी प्रसाद भट्टचनले आर्थिक चलखेल गरि उक्त फ्रिक्वेन्सी हात पारेको भन्दै सुभिसु बर्डलिङ्क लगायत सयौं कम्पनीले शुक्रबार नेपाल दुरसंचार प्राधिकरणलाई ज्ञापन पत्र बुझाउदै आन्दोलन शुरु गरेको छ । करिब १०÷१५ वर्षको बीचमा प्रभु ग्रुपका अध्यक्ष देवी प्रसाद भट्टचनले दर्जनौ वित्तिय संस्था खोल्दै हेलिकप्टर र टिभी समेत संचालन गरेका छन् ।

रातारात प्रभु ग्रुपका अध्यक्ष भट्टचनले चर्को आर्थिक चलखेल गरी विना प्रतिस्पर्धा, विना टेण्डर करिब ३० अर्ब धरौटी दिई प्रतिस्पर्धामा पाउने इन्टरनेट फ्रिक्वेन्सी रातारात प्रक्रिया नै नपु¥याई पाएपछि इन्टरनेट प्रदायक कम्पनीहरु सडकमा पुगेको देखिन्छ ।

नेपालका २÷३ वटा ग्रुपको आर्थिक चलखेलका कारण यस्ता दर्जनौ काम भित्री रुपमा भएपछि राज्यको निर्णय बिरुद्ध व्यवसायीहरु सडकमा उत्रिने भएका छन् ।

रातारात अमेरिकामा प्रभू मनी ट्रान्सफर दर्ता गरि नेपालमा पैसा पठाउन विश्वका दर्जनौ देशमा शाखा र नेपालमा केन्द्रीय कार्यालय स्थापना गरि पैसा लिगल प्रक्रिया र हुण्डी मार्फत भित्र्याई अर्बपति बनेका देवी प्रसाद भट्टचनको दबदबाकै कारण अहिले एउटा प्रक्रियालाई लत्याउदै विना टेण्डर इन्टरनेट फ्रिक्वेन्सी राज्यले दिएपछि अरु इन्टरनेट कम्पनीहरुले बिरोध गरेका हुन् ।

बैंक, बित्तिय क्षेत्र र मनी ट्रान्सफरमा मात्रै हात हालेको प्रभु गु्रपले एकाएक इन्टरनेट फ्रिक्वेन्सीमा समेत आँखा गाडेपछि इन्टरनेट व्यवसायी वर्डलिङ्क, सुभिसु लगायत सयौले सेवा नै अवरुद्ध गरी आन्दोलन गर्ने चेतावनी दिएको देखिन्छ ।

9030
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका