जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • राष्ट्रिय बीमा कम्पनीको नाफा यस वर्ष १३ प्रतिशत घट्यो

राष्ट्रिय बीमा कम्पनीको नाफा यस वर्ष १३ प्रतिशत घट्यो

चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म राष्ट्रिय बीमा कम्पनीले रू. ५ करोड ३८ लाखभन्दा बढी खुद नाफा गरेको छ । कम्पनीको खुद नाफा गत वर्षको पहिलो त्रैमाससम्मको तुलनामा यस वर्ष सो अवधिसम्म १३ दशमलव २५ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ६ करोड २० लाखभन्दा बढी नाफा गरेको थियो ।

गत वर्षभन्दा यस वर्ष कम्पनीको आम्दानी करिब ९ प्रतिशत घटेकाले खुद नाफामा असर परेको हो । गत वर्ष रू. १४ करोड ६५ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष रू. १३ करोड ३६ लाखभन्दा बढी आम्दानी गरेको हो । खर्च पनि गत वर्षभन्दा २९ दशमलव २५ प्रतिशत कम भएको छ । गत वर्ष रू. ८ करोड ४४ लाखभन्दा बढी खर्च भएको कम्पनीको यस वर्ष रू. ५ करोड ९७ लाखभन्दा बढी मात्र खर्च गरेको हो ।

यो वर्षको तीन महिनामा कम्पनीले गत वर्षको यसै अवधिभन्दा १५४ दशमलव ६० प्रतिशत बढी रू. १ अर्ब १३ करोड ७४ लाख कुल बीमाशुल्क आर्जन गरेको छ । कुल दाबी भुक्तानी रकम भने गत वर्षभन्दा यस वर्ष करिब ८० प्रतिशत कम रू. ४ करोड ३४ लाख भएको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. २६ करोड ६६ लाख ३९ हजार रहेको छ । कम्पनीको जगेडा कोष रकम रू. ३ अर्ब ४१ करोड २१ लाखभन्दा बढी रहेको छ । बीमा कोष रकम रू. २ अर्ब ६९ करोड ३८ लाखभन्दा बढी रहेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. २० दशमलव २० रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १ हजार ३७९ दशमव ७० रहेको छ ।

1825
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?