जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • सनराइज बैंकले थाल्यो ‘कार्डलेस भुक्तानी’

सनराइज बैंकले थाल्यो ‘कार्डलेस भुक्तानी’

सनराइज बैंक Sunrise Bank Limited ले कार्डलेस भुक्तानी सेवा सुरुवात गरेको छ । हालसम्म ग्राहकहरुले आफ्नो डेबिट कार्डको प्रयोग गरी एटिएम मेसिनबाट रकम झिक्दै आएकोमा अब सनराइज बैंकको कार्डलेस भुक्तानी प्रयोग गरी कार्डको प्रयोग बिना नै ए.टि.एम बाट रकम झिक्न सक्नेछन् ।

यस सेवा अन्र्तगत ग्राहकहरुले आफ्नो सनराइज स्मार्ट प्लस (मोबाइल बैंकिङ्ग) प्रयोग गरी कार्डलेस वीथड्रवल अप्सनमा गई आफूले भुक्तानी गर्न चाहेको रकम हाली सबमिट गर्नुपर्नेछ ।

त्यसपछि ग्राहकको सम्बन्धित मोबाइल नम्बरमा वान टाइम कोड एसएमएस मार्फत आउनेछ । सनराइज बैंकको ए.टि.एम.मा गई कार्डलेस वीथड्रवल अप्सन रोजी एसएमएसमा आएको ओटीपी कोडको प्रयोग गरी सजिलै कार्ड बिना नै रकम झिक्न सक्नेछन् ।

नयाँ र अत्याधुनिक यस प्रबिधिको प्रयोगले भौैतिक कार्ड बोक्न बिर्सेको अबस्थामा पनि मोबाइल बैंकिङ्ग प्रयोग ए.टि.एम मार्फत सजिलै रकम झिक्न सकिने छ ।

सनराइज बैंकले यस अघि पनि मिस्ड कलबाट बत्तिको बिल भुक्तानी, मोबाइल बिल भुक्तानी जस्ता सजिला र आधुनिक सेवाहरु प्रदान गर्दै आएको छ । यो सुविधा ग्राहकहरुले बैंकको देशभरी रहेको १६१ वटा ए.टि.एम मार्फत लिन सक्नेछन् ।

9275
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?