

प्रभु बैंकले “प्रभु चेतना बचत खाता” नामको नयाँ बैंक खाता सञ्चालनमा ल्याएको छ । नेपाल सरकारको “खोलौं बैंक खाता अभियान, २०७६” भन्ने नेपाल सरकारको अभियानलाई सफल रुपमा कार्यान्वयन गर्न प्रभु बैंकले बैशाख १ गते देखि सञ्चालनमा ल्याएको हो ।
“प्रभु चेतना बचत खाता” बाट खोलिने प्रत्येक ग्राहकको खातामा बैंकको तर्पmबाट रु. १००।– (एक सय रुपैयाँ) जम्मा गरिदिने व्यवस्था रहेको छ ।
यस खातामा जम्मा हुने रकममा वार्षिक ५ प्रतिशतका दरले ब्याज प्राप्त हुनेछ र १ वर्षको लागि निशुल्क भिसा कार्ड तथा एसएमएस सेवा शुल्कमा ५० प्रतिशत छुट सुविधाको व्यवस्था रहेको प्रभु बैंकले जानकारी दिएको छ ।
सबै नेपालीहरुलाई बैंकिङ्ग प्रणालीभित्र अटाउने उद्देश्यका साथ उक्त बैंकले यो योजना ल्याएको हो ।