जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • सूर्य र ज्योति लाईफ इन्स्योरेन्सलाई आर्थिक वर्षको लेखा परिक्षण नै नगरि मर्जरको स्वीकृती दिने, निरिह जनताको पैसाबाट पाँचतारे होटलमा करोडौंको रक्सी पाटी गर्न छुट दिने, अख्तियारमा परेको उजुरीको वेवास्ता गर्ने, बीमीतका सयौं उजुरी छानबीन नगर्नेः नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवाल राजीनामा देऊ !

सूर्य र ज्योति लाईफ इन्स्योरेन्सलाई आर्थिक वर्षको लेखा परिक्षण नै नगरि मर्जरको स्वीकृती दिने, निरिह जनताको पैसाबाट पाँचतारे होटलमा करोडौंको रक्सी पाटी गर्न छुट दिने, अख्तियारमा परेको उजुरीको वेवास्ता गर्ने, बीमीतका सयौं उजुरी छानबीन नगर्नेः नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवाल राजीनामा देऊ !

नेपालका जीवन बीमा कम्पनीहरुलाई मर्जरको नाममा जे पनि गर्न छुट नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले दिएको रहस्य खुल्दै आएको छ । मर्जरको नाममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवाल र कार्यकारी निर्देशक राजुरमण पौडेलले मर्जर प्रकृयाको नाममा सबै कुरा गर्न सूर्यज्योती लाईफ इन्स्योरेन्स कम्पनीलाई सहमती दिएको भेटिएको छ । जसरी पनि मर्जर गराउने नाममा कर्मचारी मिलान देखि बिमीतका दाबी भुक्तानीसम्मलाई थाती राखेर मर्जरको नाममा पाँच तारे होटलमा करोडौको रक्सी पार्टी गर्न छुट नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवालले किन दिए ? यसको खोजी आर्थिक बजार न्यूज डटकमले शुरु गरेको छ । कम्पनी संचालन गर्दा करोडौं लगानी गरेका लाखौ हामी जस्ता निरिह जनतालाई राम्रो प्रतिफल (लाभाशं) नदिने, समयमै बीमितको बीमा लेखको दाबी भुक्तानी नदिने सूर्य ज्योती लाईफ इन्स्योरेन्स कम्पनीलाई रातारात मर्जरको अन्तिम स्वीकृती दिएर पाँचतारे होटलमा हुस्की खान पुगेका नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवालले अब राजीनामा दिने कि नदिने यो प्रश्न अर्थमन्त्री विष्णु प्रसाद पौड्याल माथी उठेको छ । हेक्का होस् ।

कम्पनी संचालन गर्दा करोडौं लगानी गरेका लाखौ हामी जस्ता निरिह जनतालाई राम्रो प्रतिफल (लाभाशं) नदिने, समयमै बीमितको बीमा लेखको दाबी भुक्तानी नदिने सूर्य ज्योती लाईफ इन्स्योरेन्स कम्पनीलाई रातारात मर्जरको अन्तिम स्वीकृती दिएर पाँचतारे होटलमा हुस्की खान पुगेका नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवालले अब राजीनामा दिने कि नदिने यो प्रश्न अर्थमन्त्री विष्णु प्रसाद पौड्याल माथी उठेको छ ।

सूर्य लाईफ इन्स्योरेन्स कम्पनीका सयौं कर्मचारीहरुलाई कर्मचारी मिलान गर्दा अन्याय भएको देख्दा देख्दै र अख्तियारमा परेको उजुरी हेर्दा हेर्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक एवं कमाउधन्दाका डन राजु रमण पौडेलकै नेतृत्वले मर्जरकै नाममा सबै कुरामा छुट दिएको एक नेपाल बीमा प्राधिकरणका संचालकले पंक्तिकारसंग बताए । सूर्य लाईफ इन्स्योरेन्स कम्पनीका तत्कालीन सीइओ पवन कुमार खत्री विभिन्न घटनामा मुछिएका, सधैं विवादमा फस्दै आएका व्यक्ति हुन उनीलाई सूर्य ज्योती लाईफ इन्स्योरेन्सको डिसीइओ बनाएको छ भने तत्कालीन ज्योती लाईफ इन्स्योरेन्सका सीइओ प्रकाश विक्रम खत्रीलाई सीइओ बनाउने सहमती नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवालले दिएका छन् । जबकी सीइओ खत्री बिरुद्ध नेपाल बीमा प्राधिकरण, सम्पत्ती सुद्धिकरण अनुसन्धान विभाग र अख्तियारमा समेतमा संयौं उजुरी परेका छन् । यस बारेमा आर्थिक बजार न्यूज डटकमले समाचारले दिने नै छ । अर्को पक्ष के छ भने सूर्य ज्योती लाईफ इन्स्यारेन्स कम्पनीको अध्यक्षमा केशव प्रसाद भट्टराई नियुक्त भएका छन् । उनी विरुद्ध अकुत सम्पत्ती आर्जन गरेको स्रोत नखुलेको भेटिएपछि सम्पत्ती सुद्धिकरण अनुसन्धान विभागमा उजुरी परेको कपी आर्थिक बजार न्यूज डटकमसंग सुरक्षीत छ । हेक्का होस् । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालज्यू ।

सूर्य लाईफ इन्स्योरेन्स कम्पनीका तत्कालीन सीइओ पवन कुमार खत्री विभिन्न घटनामा मुछिएका, सधैं विवादमा फस्दै आएका व्यक्ति हुन उनीलाई सूर्य ज्योती लाईफ इन्स्योरेन्सको डिसीइओ बनाएको छ भने तत्कालीन ज्योती लाईफ इन्स्योरेन्सका सीइओ प्रकाश विक्रम खत्रीलाई सीइओ बनाउने सहमती नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवालले दिएका छन् । जबकी सीइओ खत्री बिरुद्ध नेपाल बीमा प्राधिकरण, सम्पत्ती सुद्धिकरण अनुसन्धान विभाग र अख्तियारमा समेतमा संयौं उजुरी परेका छन् ।

यी र यस्ता गलत पात्रलाई रातारात नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले सीइओ, डिसीइओ र अध्यक्ष पदमा नियुक्ती दिनुको भित्रीकारण के हो ? यो चाहि खोजीकै विषय बनेको छ । पुँजी बृद्धिको नाममा रातारात सबै कमी कमजोरी विर्सिएर मर्जरको अन्तिम स्वीकृती दिएर जनताको रगत र पसिनाबाट जम्मा भएको करोडौं रकमको पाँच तारे होटलमा रक्सी पार्टी खान पुग्ने नेपाल बीमा प्राधिकरणका हामिकहरुलाई कसले छुट दियो, अर्थमन्त्री विष्णु प्रसाद पौड्यालज्यू ? तत्कालै छानवीन होस् । भनिन्छ तत्कालीन सूर्य र ज्योती लाईफ इन्स्योरेन्स कम्पनी बिरुद्ध नेपाल बीमा प्राधिकरणमै सयौं उजुरी बिमीतहरुले दिएका छन् । सयौ बीमितले बीमा लेखको रकम समयमै नदिएको भन्दै उजुरी नेपाल बीमा प्राधिकरणमा दिएको पत्र आर्थिक बजार न्यूजडटकमसंग सुरक्षीत छ । तरपनि कारवाही गर्नुको साटो जे पनि गर्न छुट दिने अधिकार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवाललाई कुन कानूनको कुन दफाले दियो ? यसबारे आर्थिक बजार न्यूज डटकमले खोजी शुरु गरेको छ ।

पुँजी बृद्धिको नाममा रातारात सबै कमी कमजोरी विर्सिएर मर्जरको अन्तिम स्वीकृती दिएर जनताको रगत र पसिनाबाट जम्मा भएको करोडौं रकमको पाँच तारे होटलमा रक्सी पार्टी खान पुग्ने नेपाल बीमा प्राधिकरणका हामिकहरुलाई कसले छुट दियो, अर्थमन्त्री विष्णु प्रसाद पौड्यालज्यू ? तत्कालै छानवीन होस् । भनिन्छ तत्कालीन सूर्य र ज्योती लाईफ इन्स्योरेन्स कम्पनी बिरुद्ध नेपाल बीमा प्राधिकरणमै सयौं उजुरी बिमीतहरुले दिएका छन् ।

हिजोका दिनमा रिलायन्स लाईफ इन्स्योरन्स कम्पनीको नक्कली करोडौंको बीमालेख, नक्कली श्रीमती बनेकी एक महिलालाई चेक हस्तान्तरण गर्न पाँचतारे होटलमा साक्षी बस्न पुगेका थिए । यिनै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवाल हेक्का होस् । पूँजी बृद्धिको नाममा जीवन बीमा कम्पनीका सयौ गल्ती कमजोरीलाई थाती राखेर सबै कुरा गर्न छुट दिने अधिकार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवाललाई छैन । अर्थमन्त्रीज्यू । यसैबीच ज्योति लाइफ र सूर्या लाइफले एक आर्थिक वर्षको लेखा परिक्षण नै नगरी एकीकृत कारोबार गरेको फेला परेको छ । यो खोजीको विषय बनेको छ । दुई जीवन बीमा कम्पनीहरुले आव २०७७।०७८ को सम्मको मात्रै बार्षिक वित्तीय विवरण पारित गराई मर्जरमा गएको भन्दै सेबोन र भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको कपी आर्थिक बजार न्यूज डटकमसंग सुरक्षीत छ । नेपाल बीमा प्राधिकरणका अध्यक्षज्यू हेक्का होस् । र तत्कालै छानवीन शुरुहोस् ।

गत पुस २८ गतेको मितिमा अख्तियारमा दर्ता भएको सि ०२९७२७ नम्बरको उजुरीमा सूर्या लाइफ र ज्योति लाइफले नेपाल धितोपत्र बोर्डको नियम विपरित तथा वित्तीय मूल्य मान्यता विपरित आव २०७८।०७९ को लेखा परिक्षण समेत नगराई, वित्तीय विवरण नै तयार नगरी तथा बीमाङ्कीय मूल्याङ्कन समेत नगरी मर्जरमा जान लागेको भन्दै उजुरी परेको हो । आयोगमा दर्ता गरिएको उजुरीमा सार्वजनिक निकाय भनेर चिनिएको क्षेत्रमा नेपाल बीमा प्राधिकरणबाट अनुमति दिँदा समेत वेवास्ता गरिएकोले बीमा प्राधिकरणका अध्यक्ष सिलवाललाई कारवाहीको समेत माग गरिएको भेटिएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्षज्यू । उजुरीमा एकीकृत कारोबार सुरु हुँदा हाल कायम रहेका दुई बीमा कम्पनीको एकीकृत सञ्चालक समिति हुने, पुरानो कम्पनीको वित्तीय विवरण कुन नैतिकता र कानुनी आधारमा नयाँ कम्पनीले पारित गर्दछन ? भनेर प्रश्न उठाउँदै अनैतिक तरिकाले गरिएको भन्दै कारवाहीको माग गरिएको उजुरीमा लेखिएको छ । यद्यपि बीमा कम्पनीभित्रको अनियमितता तथा वित्तीय मूल्य, मान्यता विरुद्धको कार्य आयोगको क्षेत्राधिकार भित्र पर्दैन । तर, नेपाल नेपाल धितोपत्र बोर्ड, र नेपाल बीमा प्राधिकरण तथा कम्पनी रजिष्ट्रारको कार्यालयबाट अनुमति लिनुपर्ने विषय भएकोले आयोगले नियामकीय दायित्व र कर्तव्य पूरा गरे नगरेको विषयमा भने छानविन गर्न सक्ने बीमा विज्ञहरुको दाबी छ । यो छानवीन हुनु जरुरी पनि देखिन्छ ।

अख्तियारमा दर्ता उजुरीमा भनिएको छ, ‘दुवै कम्पनीको आव २०७७।०७८ सम्मको लेखा परिक्षण तथा वित्तीय विवरण बार्षिक साधारणसभाबाट पारित गरिएको छ । आव २०७८।०७९ को लेखा परिक्षण प्रतिवेदन र वित्तीय विवरण तयार पारिएकै छैन । साथै चालु आवको छ महिना व्यतित हुन लागिसकेको छ । १८ महिनाको वित्तीय विवरण तयार नपारी १००ः८२.४५ स्वाप रेसियो निर्धारण गरिएको छ । जुन अनैतिक र त्रुटीपूर्ण छ । दुवै कम्पनीको डिडिए २०७८ असार मसान्तसम्मको कारोबारलाई आधार मानेर गरिएको छ ।

सूर्य श्रेष्ठले दर्ता गराएको उजुरीको कपि नेपाल बीमा प्राधिकरणमा समेत बोधार्थ पठाइएको छ । एक आर्थिक वर्षको बार्षिक साधारणसभा, लेखा परिक्षण र वित्तीय विवरण समेत तयार गरी मर्जरमा जान अनुमति दिएको नेपाल बीमा प्राधिकरण र सेबोनका अधिकारीहरुले पंक्तिकारहरुसंग बताए । हेक्का होस् । नेपाल बीमा प्राधिकरणका अध्यक्षज्यू । अख्तियारमा दर्ता उजुरीमा भनिएको छ, ‘दुवै कम्पनीको आव २०७७।०७८ सम्मको लेखा परिक्षण तथा वित्तीय विवरण बार्षिक साधारणसभाबाट पारित गरिएको छ । आव २०७८।०७९ को लेखा परिक्षण प्रतिवेदन र वित्तीय विवरण तयार पारिएकै छैन । साथै चालु आवको छ महिना व्यतित हुन लागिसकेको छ । १८ महिनाको वित्तीय विवरण तयार नपारी १००ः८२.४५ स्वाप रेसियो निर्धारण गरिएको छ । जुन अनैतिक र त्रुटीपूर्ण छ । दुवै कम्पनीको डिडिए २०७८ असार मसान्तसम्मको कारोबारलाई आधार मानेर गरिएको छ । त्यसयताको कुनै हिसाब किताब हेरिएको छैन । मर्जरका लागि गरिएको भनिएको डिडिए समेत त्रुटीपूर्ण र व्यवसायिक हिसाबले अनैतिक छ भनिएको छ । यदि उजुरी नेपाल बीमा प्राधिकरणमा बोधार्थ पठाए पनि निरिह छ । कारवाही गर्न सक्दैन । यसको भित्री कारण हो आर्थिक चलखेल भन्दा अब फरक पर्दैन । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले कार्यकारी निर्देशक राजु रमण पौडेलको दबाबमा मर्जरको स्वीकृती दिएको भेटिएको छ । यसबारेमा आर्थिक बजार न्यूज डटकमले प्रमाण फेला पारेको छ । हेक्का होस् । सचते भया ।

6900
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका