जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • हट्यो ब्याजदरबारेको ‘भद्र सहमति’, अब बैंकहरुले आफूअनुकुल ब्याजदर तोक्न पाउने

हट्यो ब्याजदरबारेको ‘भद्र सहमति’, अब बैंकहरुले आफूअनुकुल ब्याजदर तोक्न पाउने

कमर्शियल बैंकहरुबीच ब्याजदरबारे कायम ‘भद्र सहमति’ हटेको छ।  कमर्शियल बैंकहरुको सीइओहरुको छाता संगठन नेपाल बैंकर्स संघ ‘एनबिए’ को कार्यसमितिको आज बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो।

उक्त निर्णयअनुसार अब राष्ट्र बैंकको निर्देशनभित्र रहेर बैंकहरुले आफुअनुकुल ब्याजदरबारे निर्णय लिन पाउनेछन।

बजारमा महँगी अर्थात मुद्रास्फिति बढिरहेको अवस्थालाई हेरेर बैंकहरुले आफ्नो स्वविवेक प्रयोग गरेर ब्याजबारे निर्णय लिउन भन्ने उदेश्यले ब्याजदरबारे अहिलेसम्म कायम सहमति लाई हटाइएको एनबिएका वरिष्ठ उपाध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए।

उनकाअनुसार आजको निर्णयअनुसार असोजदेखि लागू हुनेगरि बैंकहरु डिपोजिटमा दिने ब्याजको दर सार्वजनिक गर्न स्वतन्त्र हुनेछन।

एनबिए ले ब्याजदरमा कायम सहमति हटाएसँगै तत्काललाई निक्षेपको ब्याज बढ्न सक्ने देखिन्छ भने अहिले निक्षेपमा बढेको ब्याजदरको असर भविश्यमा अर्थात आगामी महिनामा कर्जामा पनि देखिनेछ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरुले आगामी महिनादेखि लागू हुनेगरि यो महिना ब्याजको दर सार्वजनिक गर्दा सम्बन्धित बर्गका सबै सँस्थाले अघिल्लो महिना प्रकाशन गरेको अधिकतम ब्याजदरको औषत तथा न्युनतम ब्याजदरको औषतमा १० प्रतिशतले मात्र परिवर्तन गरि ब्याजदर निर्धारण गर्न सक्नेछन।

अर्थात् यदि अघिल्लो महिना क बर्गका सबै बैंकले प्रकाशन गरेका अधिकतम ब्याजदरको औषत ८.५ प्रतिशत भएमा सोमा १० प्रतिशतले वृद्धि गरि कायम हुने ९.३५ प्रतिशतसम्म मात्र क बर्गका बैंकले अधिकतम ब्याजदर निर्धारण गर्न सक्नेछन।

एनबिए को पछिल्लो भद्र सहमतिअनुसार भदौ महिनाको लागि मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत तर्फ ११.०३ तथा संस्थागत तर्फ ९.०३ प्रतिशत तोकिएको थियो। तर अब भने बैंकहरुले असोज महिनाको लागि आज र भोलि आफुअनुकुल ब्याजदर सार्वजनिक गर्न पाउनेछन।

 

1335
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका