जोडिनुहोस
बुधबार, माघ १, २०८२
बुधबार, माघ १, २०८२
  • होमपेज
  • कुमारी बैंक र ब्लु क्रस हस्पिटलबीच सम्झौता

कुमारी बैंक र ब्लु क्रस हस्पिटलबीच सम्झौता

कुमारी बैंक लिमिटेड र ब्लु क्रस हस्पिटल प्राइभेट लिमिटेडका बीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ ।

कुमारी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत  राजीव गिरी र ब्लु क्रस हस्पिटलका कार्यकारी व्यवस्थापन समितिका सदस्य सचिव  रजत कृष्ण श्रेष्ठको हस्ताक्षर भएको उक्त सम्झौता–पत्र अनुसार ब्लु क्रस हस्पिटलका विभिन्न स्वास्थोपचार सेवा शुल्कमा ग्राहकवर्गले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दो आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंक लिमिटेडका ग्राहकहरुले डेबिट/क्रेडिट कार्डको प्रयोग गरी भारतको नयाँ दिल्लीस्थित मेदान्त हस्पिटल सहित नेपालका विभिन्न स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । हालसम्म कुमारी बैंकले आफ्ना देशव्यापी ८८ शाखा सञ्जाल, ८३ एटिएम तथा २ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु प्रदान गर्दै आएको छ ।

7745
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका