जोडिनुहोस
आइतवार, फाल्गुन १०, २०८२
आइतवार, फाल्गुन १०, २०८२
  • होमपेज
  • नेशनल बैंकिग ईन्स्टिच्यूट र कामना सेवा विकास बैंकबीच सम्झौता

नेशनल बैंकिग ईन्स्टिच्यूट र कामना सेवा विकास बैंकबीच सम्झौता

नेशनल बैंकिग ईन्स्टिच्यूट र कामना सेवा विकास बैंक बीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा NBI का तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बा र कामना सेवा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकारी प्रविण बस्नेतले हस्ताक्षर गरेका थिए ।

यस समझौतापत्रमा कामना सेवा विकास बैंक लि. का १०० भन्दा बढी कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्स्टिच्यूटले हाल बैंकिङ्ग कर्मचारीहरुलाई लक्षित गरी प्रदान गर्दै आईरहेको विशिष्टिकृत बैंकिङ्ग प्रमाणीकरण JANBI कोर्स प्रदान गर्ने सहमति भएको छ ।

बैंकिङ्ग कर्मचारीहरुको क्षमता एवँ दक्षता अभिवृद्धि गर्ने प्रयास स्वरुप यो कोर्सको विकास गरिएको हो । विशेष गरी सहायक तह देखी सहायक प्रबन्धक तह सम्मका कर्मचारीहरुलाई लक्षित गरी यो कोर्सको डिजाइन गरिएकोमा बैंकिङ्ग जगतबाट यो कोर्सको सम्बन्धमा राम्रो प्रतिक्रिया आई धेरै बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले यो कोर्स अध्ययन गरी लाभान्वित भइसकेको अवस्था छ ।

देशका ३००० जना भन्दा बढी बैंकिङ्ग कर्मचारीहरु यो कोर्समा आवद्ध भई १००० जना भन्दा बढी कर्मचारीहरुले यो कोर्स उत्तिर्ण गरी JANBI प्रमाणपत्र प्राप्त गरिसकेका छन् ।

9245
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका