जोडिनुहोस
शुक्रबार, चैत्र १७, २०७९
शुक्रबार, चैत्र १७, २०७९
  • होमपेज
  • कामना सेवाको मोबाइल बैंकिङ्ग सेवामा स्तरोन्नती

कामना सेवाको मोबाइल बैंकिङ्ग सेवामा स्तरोन्नती

“प्रगतिको आधार कामना सेवासँग कारोवार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले विविध विशेषताहरु भएको परिमार्जीत, आधुनिक र सरल “Mobile Banking V5” सेवा प्रयोगमा ल्याएको छ ।

ग्राहकहरुको समय सापेक्ष आवश्यकता र प्रतिस्पर्धी बजारलाई मध्यनजर गर्दै हाल संचालनमा रहेको सेवामा केही सुविधाहरु थप गरि यो सेवा सार्वजनिक गरिएको हो। यो सेवा प्रयोगकर्ताहरुले Biometric login, QR payment, क्रेडिट कार्डको बिल, इन्स्योरेन्सको प्रिमियम, स्कूल तथा कलेजको फि, विद्युत र खानेपानी महशुल आदीको भुक्तानी, आफ्नो बैङ्कखाताको रकम अन्य बैङ्क तथा वित्तीय सस्थाको खातामा रकमान्तर गर्न, W-sewa  जम्मा गर्न,  Mobile top up गर्ने जस्ता भुक्तानीहरुमा सहयोगी हुने बैङ्कले जनाएको छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ८३ वटा शाखा तथा ३७ वटा ATM  मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Internet Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका