जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समृद्धि फाइनान्सले डिजिटल बैंकिङ्ग शुरु गर्यो

समृद्धि फाइनान्सले डिजिटल बैंकिङ्ग शुरु गर्यो

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले डेविट कार्ड, मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग र क्यु. आर कोड सेवा संचालनमा ल्याएको छ । सो सेवाको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत टिकानिधी लोहनीले जुमबाट गरेका छन ।

उनले अहिले चलिरहेको कोरोनाको माहामारीले गर्दा कम्पनीका ग्राहकहरुलाई फाइनान्स कम्पनीसम्म आइ विभिन्न सेवा सुविधा लिन असहज भएको परिस्थितीमा फाइनान्स कम्पनीले संचालनमा ल्याएको डिजिटल भुक्तानी प्रणालीले ग्राहकहरुलाई सुविधा हुने बताए ।

साथै ग्राहकहरुले घरमै बसी बसी डिजिटल पेमेन्टको प्रयोगबाट समानहरु खरिद गर्ने, एक बैंकबाट अर्को बैंकमा रकम ट्रान्सफर गर्ने, विद्युत तथा फोन महशुल तिर्नूका साथै मोवाइल रिचार्ज गर्ने र अन्य धेरै सुविधाहरु लिन सक्नेल पनि जानकारी गराए । फाइनान्स कम्पनीका सम्पूर्ण ग्राहकहरुलाई मोवाइल बैंकिङ्ग र डेवीट कार्ड सेवा सुचारु गर्दा कुनै पनि शुल्क नलिइ निशुल्क प्रदान गर्ने संस्थाले जानकारी गराएको छ ।

सो फाइनान्सले हेटौंडा, काठमाण्डौं, पोखरा, नारायणघाट र वुटवलमा रहेका पाँच वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । संस्थाले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ ।

संस्थाको आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका सेवाहरु सञ्चालनमा रहेको छ । निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।

5405
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका