जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नबिल बैंकको मुनाफा सामान्य वृद्धि, नाफा ३ अर्बमाथि

नबिल बैंकको मुनाफा सामान्य वृद्धि, नाफा ३ अर्बमाथि

नबिल बैंक लिमिटेडले तेस्रो त्रैमासमा खुद नाफा ३ अर्ब १९ करोड १० लाख रुपैयाँ कमाउन सफल भएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा जम्मा ३ दशमलव १७ प्रतिशतले वृद्धि गरेको हो । गत आवको सोहिअवधिमा नाफा ३ अर्ब ९ करोड २७ लाख रुपैयाँ रहेको थियो ।

९ अर्ब १ करोड १८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको प्रिमियम ७४ हजार, रिटेन्ड अर्निङ्ग ३ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ र जगेडा ९ अर्ब ६ करोड ५७ लाख रुपैयाँ रहेको छ ।

नबिल बैंकले निक्षेपमा १ खर्ब ५३ अर्ब ६९ करोड ५१ लाख निक्षेप संकलन गरि कर्जामा १ खर्ब २८ अर्ब १९ करोड ७३ लाख रुपैयाँ बराबरको लगानी गरेको छ ।

नबिल बैंकको खुद ब्याज आम्दानी १८ दशमलव ४० प्रतिशतले बढेर ५ अर्ब ४१ करोड रुपैयाँ र सञ्चालन मुनाफा ६ दशमलव ०४ प्रतिशतले बढेर ४ अर्ब ५० करोड ७४ लाख रुपैयाँ पुगेको छ ।

नबिल बैंकको प्रतिशेयर आम्दानी ४७ दशमलव ६९ रुपैयाँ, मुल्य आम्दानी अनुपात १५ दशमलव ४३ गुणा, निष्कृय कर्जा शुन्य दशमलव ६४ प्रतिशत र जोखिम युक्त सम्पत्ति १२ दशमलव ५० प्रतिशत रहेको छ ।

6980
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका