जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • नेप्सेमा सुचीकृत ८२ कम्पनीको कारोबार रोक्का

नेप्सेमा सुचीकृत ८२ कम्पनीको कारोबार रोक्का

नेपाल स्टक एक्सचेन्जले ८२ कम्पनीको शेयर कारोबर रोक्का गरेको छ । नेप्सेमा सुचीकृत कम्पनीले बार्षिक रुपमा तिर्नुपर्ने नविकरण शुल्क नबुझाएपछि शेयर कारोबार रोक्का भएको हो ।

नविकरण शुल्क नबुझाउनेमा ठुला कम्पनीहरु समेत रहेका छन् । सबै भन्दा धेरै कित्ता शेयर सुचीकृत रहेको नेपाल टेलिकम र सबै भन्दा धेरै शेयरमूल्य रहेको युनिलिभर नेपालको पनि शेयर कारोबार रोक्का भएको हो ।

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार सूचीकरण तथा कारोबार स्थगीत गरेकोे जनाएको छ । करोबार रोक्का हुनेमा १९ लघुवित्त, २ व्यापार, २ होटल, २ अन्य, ११ उत्पादन तथा प्रशोध, २ बीमा, १८ विकास बैंक, १२ फाइनान्स कम्पनी र १३ जलविद्युत समुहका कम्पनीहरु रहेका छन् ।

हरेक आर्थिक वर्ष समाप्तिको तीन महिनासम्ममा सुचीकरण नविकरण नगर्ने कम्पनीको शेयर कारोबार रोक्का हुन्छ । कारोबार रोक्का भएका कम्पनीले सुचीकरण शुल्क बुझाउने वित्तिकै कारोबार भने खुल्नेछ ।

धितोपत्र सुचीकरण विनियमावली २०७५ मा ५० करोड रुपैयाँ बरावरको शेयर सुचीकृत कम्पनीले वार्षिक रुपमा नविकरण शुल्क वापत ५० हजार रुपैयाँ र त्यस भन्दा धेरै चुक्ता पुँजी भएको कम्पनीले एक लाख रुपैयाँ बुझाउनु पर्ने व्यवस्था छ ।

8225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका