जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • महालक्ष्मी विकास बैंक लि. को आयोजनामा वृहत रक्तदान कार्यक्रम

महालक्ष्मी विकास बैंक लि. को आयोजनामा वृहत रक्तदान कार्यक्रम

महालक्ष्मी विकास बैंक लि. ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको न्यूरोड शाखाले मंगलबार न्यूरोड पिपलबोट, भूगोल पार्क, काठमाडौँमा वृहत रक्तदान कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ ।

बिहानको करिब १० बजे देखि ३ बजेसम्म सञ्चालन गरिएको उक्त कार्यक्रममा कुल ७३ जना व्यक्तिहरुले रक्तदान गर्नुभएको  थियो। बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले सहभागीहरुको उपस्थितिप्रति कृतज्ञता व्यक्त गर्दै वहाँहरुलाई प्रमाणपत्र वितरण गरेको थियो ।

बैंकले आगामी दिनहरुमा पनि स्थानीय हितका लागि अझ प्रभावकारी कार्यहरु गर्ने प्रतिबद्धता जनाएको छ ।

8895
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका