जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बीमाको प्रिमियम बुझाउने समय जेठ मसान्तसम्म थप

बीमाको प्रिमियम बुझाउने समय जेठ मसान्तसम्म थप

सरकारले लकडाउनको अवधि थपिएसँगै जीबन बीमा क्षेत्रका ग्राहकहरुलाई थप राहत प्याकेजको घोषणा गरेको छ। सरकारले बीमा समिति मार्फत बीमा कम्पनीहरुलाई छिटो छरितो रुपमा सेवा दिन समेत निर्देशन दिएको छ।

बिहीबार सरकारले गरेको निर्णय सार्वजनिक गर्दै अर्थ, सञ्चार तथा सूचना मन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले लकडाउन अवधिमा संकलन गर्नुपर्ने जीबन बीमाशुल्क (प्रिमियम) संकलन गर्ने समय आगामी जेठ मसान्तसम्म थप गर्न निर्देशन दिएको जानकारी दिए। यस्तै यो अवधिसम्ममा लाग्ने ब्याज छुट दिन समेत सरकारले निर्देशन दिइएको छ ।

अब लकडाउन अवधि भित्र जीवन बीमाको प्रिमियम वापतको रकम भुक्तानी गर्नुपर्ने बीमितले जेठ मसान्तसम्म भुक्तानी गर्न समय पाएका छन्। यस निर्णयले जेठ मसान्तसम्म प्रिमिय भुक्तानी गर्दा व्याज समेत तिर्नुपर्नेछैन।

बीमा समितिले यस अघि बीमा कम्पनीहरुलाई बैशाख मसान्तसम्म लकडाउन अवधिभर संकलन हुनुपर्ने बीमाशुल्क व्याज नलाग्ने गरी बीमाशुल्क संकलन गर्ने निर्देशन दिएको थियो ।

8305
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका