जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • हिमालयन लाइफबाट बाहिरिए नायब प्रमुख कार्यकारी अधिकृत विपिन लाल

हिमालयन लाइफबाट बाहिरिए नायब प्रमुख कार्यकारी अधिकृत विपिन लाल

हिमालयन लाइफ इन्स्याेरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लाल स्वेच्छिक अवकाश राेजेर बाहिरिएका छन् । उनी हिमालयन लाइफमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए।

प्राइम लाइफ, गुराँस लाइफ र यूनियन लाइफ इन्स्याेरेन्सले बैशाख २६ गतेबाट हिमालयन लाइफ इन्स्याेरेन्सकाे नामबाट एकीकृत काराेबार शुरु गर्नु अघि उनी गुराँस लाइफ इन्स्याेरेन्समा प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । मर्जर सम्झाैता अनुसार एकीकृत कम्पनीकाे प्रमुख कार्यकारी अधिकृत र सञ्चालक समिति अध्यक्ष दुबै पदमा साबिक यूनियन लाइफ इन्स्याेरेन्सबाटै प्रतिनिधित्व हुने भएपछि उनी नायब प्रमुख पदमा नियुक्त हुनु परेकाे थियाे ।

२०७८ कात्तिक ३ गते गुराँस लाइफमा प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त हुनु अघि लाल लाइफ इन्स्याेरेन्स कर्पाेरेशन नेपालकाे मधेश प्रदेश प्रमुखकाे जिम्मेवारीमा रहेका थिए।

तीनवटा जीवन बीमक गाभिएपछि काराेबार र शाखा सञ्जालकाे तुलनामा कर्मचारी स‌ंख्या अधिक भएकाे निष्कर्ष सहित हिमालयन लाइफ इन्स्याेरेन्सले स्वेच्छिक अवकाश याेजना सार्वजनिक गरेकाे थियाे । स्वेच्छिक राजीनामा राेजेर असाेज ५ गतेदेखि लागू हुने गरी लाल हिमालयन लाइफ इन्स्याेरेन्सबाट बाहिरिएका हुन्

3050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका