जोडिनुहोस
मङ्लबार, बैशाख ४, २०८१
मङ्लबार, बैशाख ४, २०८१

आर्थिक विशेष

अनिल शाहको कमाललाई सलाम

अनिल शाहको कमाललाई सलाम

भूपेन्द्र आचार्य । नेपालको पूरानो बैंक नबिल बैंक लिमिटेडमा डिपुटी सीइओ बन्दै पुगेका पूर्व नेपाल बैंकर संघका अध्यक्ष अनिल केशरी शाहको कमाललाई सलाम गर्नै पर्दछ ।

अनिल शाह आफैमा स्थापित बैंकर हुन् । उनी जहाँ पुगे त्यही कमाल हुने गरेको छ । आधा जीवन बैंकिङ्ग क्षेत्रमै विताएका शाहले नविल बैंक पुगेर नाफामा चमत्कार मात्रै गरेनन् कमाल नै गरिदिएका छन् ।
प्रस्ट वक्त्ता शाहले नविल बैंक भित्र सबै कुरामा कमाल गरे । त्यसको एउटा प्रतिनिधी पात्र भएको छ । बैंकको नाफा ३ अर्ब १९ करोड १० लाख ७१ हजार ।

नविल बैंक बनाएर नयाँ मेगा बैंक नेपाल लिमिटेड स्थापना गरेका शाह मेगा बैंक १० अर्ब चुक्ता पूँजी भएको बैंक बनाएर फेरि नविल बैंकको सीइओ बन्न पुगे उनीले यो ६ महिनाको बीचमा नबिल बैंकलाई नेपालकै १ नम्बर बैंक बनाएरका छन् । नबिल बैंकलाई प्राइभेट बैंकहरुले अब भेट्न हम्मे हम्मे परेको देखिन्छ ।
बैंकिङ बुझेका शाहको चर्चा जति गरेपनि कम हुन्छ । शाहको बैकिङ्गबाटै सिकी अगाडी बढ्नुको विकल्प नै छैन । नयाँ सीइओहरुका लागि ।

नविल बैंकले हालै सार्वजनिक गरेको तेस्रो त्रैमासिक विवरण के कस्ता छन् त ?
नबिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आइपुग्दा ३ अर्ब १९ करोड १० लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३ दशमलव १७ प्रतिशत भन्दा बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा नबिलले ३ अर्ब ९ करोड २७ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
नबिलको आम्दानी बारे ।

चालु आर्थिक वर्षको ९ महिनामा बैंकले ५ अर्ब ४१ करोड ९४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद ब्याज आम्दानी १८ दशमलव ३८ प्रतिशतले बढी हो । गत वर्ष यसै अवधिमा बैंकले ४ अर्ब ५६ करोढ ९७ लाख ७९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

नबिलको निक्षेप तथा कर्जा बारे
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले १ खर्ब ५३ अर्ब ६९ करोड ५१ लाख ३२ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब २८ अर्ब १९ करोड ७३ लाख ४४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको देखिन्छ ।
गत चैत मसान्तसम्म बैंकले जगेडा कोषमा ९ अर्ब ६ करोड ५७ लाख ७१ हजार रुपैयाँ राखेको छ । त्यस्तै, रिटेन्ड् अर्निङमा ३ अर्ब ७६ करोड ५२ लाख ४८ हजार रुपैयाँ रहेको देखिन्छ ।

नबिलका सूचकहरु बारे
प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५ पैसाले घटेर ४७ रुपैयाँ ६९ पैसा पुगेको छ । गत वर्ष यसै अवधिमा प्रतिसेयर आम्दानी ५१ रुपैयाँ ७४ पैसा रहेको थियो । खराब कर्जा ० दशमलव ६४ प्रतिशत,े आधारदर ७ दशमलव ९९ प्रतिशत देखिन्छ ।
नविल बैंकका सीइओ अनिल केशरी शाहको सालिन स्वभाव, खदिलो र अनुभवी बैकिङ्ग शिक्षाले नविल बैंक नेपालकै २८ वाणिज्य बैंकहरु मध्ये १ नम्बरको बैंक भयो भन्न अब चुकाउनु हुँदैन । लाखैं ग्राहकको धनी नविल बैंकले विभिन्न घातक रोग देखि महिलाका लागि नौला बचत खाता बजारमा ल्याएको छ । भने अति नै दुर्गम र विकट १२ ठाउँमा नविल बैंक स्थापना गरि बैकिङ्ग सेवा दिँदै आएको देखिन्छ ।

5645
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका