जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • बीमा कम्पनीहरुलाई उधारोमा बीमा पोलिसी जारी नगर्न निर्देशन

बीमा कम्पनीहरुलाई उधारोमा बीमा पोलिसी जारी नगर्न निर्देशन

बीमा समितिले सम्पुर्ण बीमा कम्पनीहरुलाई उधारोमा बीमा पोलिसी जारी नगर्न निर्देशन दिए सँगै निर्जीवन बीमा कम्पनीहरुले संस्थागत रुपमा उधारोमा पोलिसी बिक्री गर्न बन्द गरेका छन् । कम्पनीहरुले व्यवसाय बढाउनका लागि कतिपय बीमित सँग सम्बन्धका आधारमा पोलिसी बिक्री गर्दै आएका थिए ।

यस वर्ष पनि कतिपय संस्था तथा व्यक्तिहरुले कम्पनीका कर्मचारीलाई उधारोमा पोलिसी जारी गर्न अनुरोध गरेका थिए । अझै पनि बीमितले बीमा समितिको निर्देशन थाहा नपाएकाले यस्तो समस्या आएको कम्पनीहरु बताउछन् ।

विकास आयोजनाको ठेक्कामा गरिने इन्जिनियरिङ लगायतका बीमामा उधारो बीमाको मात्रा बढी छ । विभिन्न परियोजना, ठेक्का पट्टाका ठेकेदारले औपचारिकाका लागि उधारोमा बीमा गर्ने गरेका छन् । यस्ता क्षेत्रमा प्राय दाबी पर्दैन । यदि दाबी परिहाल्यो भने बल्ल बीमा शुल्क भुक्तानी हुने गरेको पाइन्छ । यसका लागि उधारोमा चेक काटेर राख्नेसम्मका गलत काम हुने गरेको पाइन्छ । कतिपय कम्पनीहरुमा सरकारले अनिवार्य गरेको सवारी साधनको बीमामा पनि उधारो पोलिसी बिक्री हुने गरेको भेटिएको छ ।

संस्थागत रुपमा यस्तो अभ्यास नियन्त्रण भएको कम्पनीहरु बताउछन् । अझै पनि कतिपय क्लाइन्टहरु यसका लागि आउने गरेका छन् । बीमितलाई समितिले बन्द गर्न दिएको निर्देशन थाहा नहुँदा पनि यस्ता कामको अफर आउने गरेको कर्मचारीहरु बताउछन् ।

6355
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका