जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • मञ्जुश्री फाइनान्स कम्पनी विश्लेषण

मञ्जुश्री फाइनान्स कम्पनी विश्लेषण

कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आइतवार रु. ३७ ले वृद्धि भएको छ । यस दिन कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु. ६८२ पुगेको हो । कम्पनीले गत आवको मुनाफाबाट यस वर्ष शेयरधनीलाई १८ प्रतिश बोनस शेयर वितरण गरेको छ ।

उक्त बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भइसकेको छ । कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रु. ३७ करोड ५१ लाख नाफा कमाएको छ । नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा ९४ प्रतिशतले वृद्धि भएको हो । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीले रु. १९ करोड ३२ लाख नाफा कमाएको थियो ।

चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । चालू आवको तेस्रो त्रैमाससम्म कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको हो ।

गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रु. ३१ दशमलव ४९ रहेकामा चालू आवमा वृद्धि भएर रु. ५१ दशमलव ८२ पुगेको छ ।

निष्कर्ष
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा स्पिनिङ टप बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर मूल्य बढ्ने वा घट्नेमा अन्योल रहेको संकेत गर्छ । आरएसआई ओभरबौज्ट जोन ८२ दशमलव ७५ बिन्दुमा छ ।

यसले शेयर खरिद चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १९ दशमलव शून्य १ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । आइतवारको शेयर मूल्य रु. ६८२ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ६३० मा टेवा पाउने देखिन्छ । कम्पनीको यस दिनको मूल्य विगत ५९ कारोबार दिनयताकै उच्च कायम रहेको छ ।

3390
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?