जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • ४२ अर्ब कमाएका ३९ बीमा कम्पनीहरुले सरकारलाई बुझाए ७ अर्ब १९ करोड राजश्व

४२ अर्ब कमाएका ३९ बीमा कम्पनीहरुले सरकारलाई बुझाए ७ अर्ब १९ करोड राजश्व

भूपेन्द्र आचार्य । भनिन्छ नेपालमा बीमा बजार १७ प्रतिशतको हाराहारीमा मात्रै पुगेको छ । बीमा बजार बढाउन सरकारले अझै नयाँ र बीमा शिक्षा दिन सकेको छैन । तर ३९ बीमा कम्पनीहरुले राज्यलाई कर वापत ७ अर्ब १९ करोड बुझाएको खुलेको छ ।

नेपालमा स्थापना भई कारोबार गरेका जीवन बीम कम्पनी र निवीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको यो ६ महिनाको अवधीमा ४२ अर्ब रुपैयाको कारोबार गरेको खुलेको हो ।
पछिल्लो अवस्थामा बीमा कम्पनीहरुले बीमा लेख केही मात्रामा बढेको र जीवन बीमा कम्पनीहरुमा पनि प्रतिफल बढेको पाइन्छ ।

बीमा कम्पनीहरुको नेपालको जीडिपीमा कस्तो असर परेको छ भनी पूर्व बीमक संघका अध्यक्ष एवं नेपाल इन्स्योरेन्स कम्पनीका सीइओ बिजय बहादुर शाह भन्दछन्ः– कुल ग्रार्हस्थ उत्पादन (जिडीपी)मा बीमा क्षेत्रको योगदान २.४३ प्रतिशत रहेको छ । बीमा क्षेत्रले ३० खर्ब ३५ अर्बको जिडीपी २.८३ प्रतिशतले योगदान दिइरहेको तथ्य सबै सामु छलङ्ग छ नि । यस्तो योगदान प्रत्येक वर्ष हुँदै आएको उनीले दावी गरे ।

सञ्चालनमा रहेका १९ वटा जीवन र २० वटा निर्जीवन बीमा कम्पनीले ४१ अर्ब ८३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको बीमा समितिको रिर्पोटबाटै प्रष्ट हुन्छ ।

बीमा समितिले ५०औं वर्ष पुगेको अवसरमा सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा बीमाको बजार बार्षिक रूपमा बढिरहेको छ । बीमा कम्पनीहरुले गत वर्ष ७३ अर्ब रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । चालू आवको ६ महिनामै ४१ अर्ब पुग्नुले यसलाई निकै सकारात्मक रूपमा लिइएको देखिन्छ ।

बीमा समितिका अनुसार २०७०र७१ मा जम्मा ३० अर्ब बीमा शुल्क आर्जन भएको थियो । त्यसपछिका चार वर्षमा यस्तो शुल्क बर्षेनी बढिरहेको छ । यस्तो शुल्क बढेर ०७२र७२ मा ३६ अर्ब, २०७२र७३ मा ४३ अर्ब २०७३र७४ मा ५४ अर्ब हुँदै २०७४र७५ मा ५४ अर्ब ७३ अर्ब पुगेको छ । बीमा कम्पनीबाट भएको यस्तो शुल्कमा निर्जीवनको हिस्सा १० अर्ब ९३ करोड रुपैयाँ छ भने जीवन बीमाको हिस्सा ३० अर्ब ९० करोड रुपैयाँ रहेको देखिन्छ ।

हाल नेपालमा सरकारी स्वामित्वका २ वटा, निजी ३२ वटा, विदेशी कम्पनीका शाखा ३ वटा र संयुक्त लगानीका ३ वटा कम्पनी रहेका छन् । यी कम्पनीमा ९८ हजार बीमा अभिकर्ता रहेका छन् । यसमध्ये नवीकरण भएका अभिकर्ताको संख्या भने जम्मा ५६ हजार रहेको छ। यस व्यवसायमा संग्लग्न बीमा सर्वेयरको संख्या भने ४१६ जनामात्रै देखिन्छ । यो बढाउन जरुरी छ ।

यसमा पनि ३७२ जनाको मात्रै इजाजतपत्र नवीकरण भएको छ । नेपालमा सञ्चालित बीमा कम्पनीसँग जम्मा ५१ लाख ५२ हजार वटा बीमालेख रहेको छ । चार वर्ष अगाडिसम्म जम्मा १० लाखमात्रै बीमा लेख रहेको थियो । बीमा लेखको संख्या वार्षिक १० देखि १५ प्रतिशतले बढिरहेकोमा चालू आवको ६ महिनामा भने यस्तो संख्या एकैपटक ८४ प्रतिशतले बढेको देखिएको दाबी बीमा समितीले गरेको छ ।

नेपालमा सञ्चालित जीवन र निर्जीवन बीमा कम्पनीमार्फत सरकारलाई वार्षिक ७ अर्ब १९ करोड रुपैयाँ कर तिरेका छन् । समग्र बीमा कम्पनीले तिर्ने यस्तो कर चार वर्ष अगाडि जम्मा ८७ करोड रुपैयाँमात्रै रहेको थियो । सरकारलाई कर तिर्नेमा जीवन बीमाभन्दा निर्जीवन बीमा कम्पनीको दर बढी छ ।

निर्जीवनले गत वर्ष ३ अर्ब ८८ करोड रुपैयाँ कर तिरेकोमा जीवन बीमा कम्पनीले २ अर्ब ४२ करोडमात्रै तिरेका थिए । कारोबारको हिसाब र बीमा संकलन शुल्कको हिसाबले जीवन बीमाको दायर फराकिलो हुँदै गएको भए पनि कर तिर्नेमा भने निर्जीवन बीमा कम्पनी नै अगाडि छ भने कारोबार नाफा बीमा लेखमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडी देखिन्छ । नेपालमा १९ जीवन बीमा कम्पनीहरु छन् । यी सबै गु्रप, समुह र बैंकहरुका मालिकहरुकै छन् ।

उनीहरुले बैंकसंग सम्झौता गरि बीमा लेख लिन दबाब दिँदै कमिशन बुझाउने गरेको देखिन्छ । बैंकहरुले बीमा लेख ग्राहकको गरिदिने र बीमा कम्पनीहरुले त्यसै बैंकलाई डिपोजिट रकम दिने परम्पराको थालनी भएको छ यो रोक्न जरुरी देखिन्छ । सचेत भया ।

8240
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?