जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नेपाल राष्ट्र बैंक र रिजर्भ बैंक अफ इन्डियाबीच क्रसबोर्डर भुक्तानी थाल्न टीओआरमा भयो हस्ताक्षर

नेपाल राष्ट्र बैंक र रिजर्भ बैंक अफ इन्डियाबीच क्रसबोर्डर भुक्तानी थाल्न टीओआरमा भयो हस्ताक्षर

 नेपाल राष्ट्र बैंक र रिजर्भ बैंक अफ इन्डियाबीच नेपाल र भारतबीच क्रस बोर्डर भुक्तानी सुरु गर्ने सम्बन्धमा टर्म्स अफ रिफ्रेन्स (टीओआर) मा हस्ताक्षर भएको छ।

नेपालको नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) र भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (युपीआई)को इन्टिग्रेसनबाट अन्तरदेशीय कारोबार छिटो तथा सुरक्षित बनाउन दुई देशका केन्द्रीय बैंकबीच बिहीबार सम्झौता भएको हो। सम्झौतासँगै अब नेपाल र भारतबीच हुने क्रसबोर्डर भुक्तानी नियमन गर्ने बाटो खुलेको छ।

नेपाल र भारतबीच रेमिटेन्सको भुक्तानी छिटो र सुलभ दरमा गराउन समझदारी भएको छ। एनपीआई र युपीआईबीचको इन्टिग्रेसनले दुई देशबीचको वित्तीय कनेक्टिभिटी थप मजबुद बन्ने विश्वास गरिएको छ।

नेपाल र भारतबीच कहिलेबाट क्रसबोर्डर भुक्तानी सुरु हुन्छ त्यो भने खुलाइएको छैन।

गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा नेपाल र भारतबीच क्रसबोर्डर भुक्तानी सम्झौता भएको थियो। नेपालको तर्फबाट नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) का सीईओ नीलेशमान सिंह प्रधान र भारतको तर्फबाट एनपीसीआई इन्टरनेसनल पेमेन्ट्स लिमिटेड एनआईपीएलका सीईओ रितेश शुक्लाले हस्ताक्षर गरेका थिए।

दुवै संस्थाले भुक्तानी सुरु गर्नका लागि प्राविधिक परीक्षण गरिरहेका छन्।

3905
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका